भारतमा मोबाइल फोनसहित घरायसी उपकरणमा ह्वात्तै घट्यो ‘जीएसटी’, नेपालमा पनि सस्तो हुनसक्ने

  • Technology Khabar | १६ असार २०८०, शनिबार
भारतमा मोबाइल फोनसहित घरायसी उपकरणमा ह्वात्तै घट्यो ‘जीएसटी’, नेपालमा पनि सस्तो हुनसक्ने

काठमाडौं ।

भारतको वित्त मन्त्रालयले इलेक्ट्रोनिक्स सामानमा लाग्ने करको दर घटाएर सर्वसाधारणलाई ठूलो उपहार दिएको छ। सरकारको पहलमा अब मोबाइल फोन, टिभी, रेफ्रिजरेटरलगायतका धेरै घरायसी सामग्री सस्तो हुने भएको छ।

वित्त मन्त्रालयले त्यस्ता धेरै सामानहरूमा ‘जीएसटी’ दरमा भारी कटौती गरेको छ। मन्त्रालयले यस्ता सामानको पूर्ण सूची सार्वजनिक गरेको छ। पंखा, कुलर, गीजर आदिमा जीएसटी ३१.३ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ।

मोबाइल फोन, एलइडी बल्ब, टिभी, फ्रिजलगायतका घरायसी सामानमा लाग्ने जीएसटीमा ठूलो कमी आएको छ। वित्त मन्त्रालयका अनुसार मोबाइल फोन, स्मार्ट टिभी, एलईडी बल्ब, फ्रिज, यूपीएस, वाशिङ मेसिनमा जीएसटी ३१.३ प्रतिशतबाट घटाएर १२ प्रतिशतमा झारेको छ।

भारतको वित्त मन्त्रालयले ट्विट गर्दै यो जानकारी दिएको हो।

जीएसटीको नयाँ दरअनुसार २७ इन्च वा सोभन्दा कमको टिभी किनेमा पहिलेभन्दा कम तिर्नुपर्नेछ। धेरै कम्पनीहरूले कम्तिमा ३२ इन्च वा माथिको टिभीहरू उत्पादन गर्छन्। ३२ इन्च वा सोभन्दा माथिको साइजका टिभीहरूमा कुनै परिवर्तन गरिएको छैन। पहिले जस्तै उनीहरुमा ३१.३ प्रतिशत जीएसटी लागु हुनेछ।

भारतको वित्त मन्त्रालयले मोबाइल फोनको जीएसटीमा ठूलो कटौती गरेको छ। यसअघि मोबाइल फोनमा भारतमा जीएसटी दर ३१.३ प्रतिशत थियो, जुन अहिले १२ प्रतिशतमा झारिएको छ। यसो भएपछि, मोबाइल फोन निर्माताहरूले मूल्य कटौती गर्न सक्छन्। समग्रमा, आगामी चाडपर्वमा मोबाइल किन्ने हो भने सस्तो मूल्यमा खरिद गरिने छ।

अन्य घरेलु उपकरणहरू जस्तै मिक्सर, जुसर, भ्याकुम क्लिनर, एलईडी, भ्याकुम फ्लास्क र भ्याकुम भेसलहरूमा पनि जीएसटी दरहरू कटौती गरिएको छ। मिक्सर, जुसर आदिमा जीएसटी ३१.३ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको छ। योसँगै एलईडीमा १५ प्रतिशत जीएसटी घटाएर १२ प्रतिशतमा झारेको छ।

भारतमा करको दर घटेसँगै नेपाली बजारमा पनि यसको असर पर्ने देखिन्छ। हाल अधिकांश घरायसी विद्युतीय उपकरणहरु भारत र चीनजस्ता मुलुकबाट आयात हुने गरेको छ।त्यसैले भारतमा सरकारले राजस्व घटाउँदा यसले नेपालमा आयात हुने इलेक्ट्रोनिक्स सामानमा पनि प्रभाव पार्नेछ।

जसले गर्दा आगामी दिनमा मोबाइल फोनसहित अन्य इलेक्ट्रोनिक्स सामान सस्तो हुने संभावना रहन्छ। त्यसैले यस्ता मूल्य घट्ने सामान किन्नका लागि केहि समय भने कुर्नुपर्ने हुन्छ।

प्रकाशित: १६ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार