अनर ९० लाइट ५जी एशियामा चाँडै लन्च हुने, आइएमडीए प्रमाणीकरणमा देखियो

  • Technology Khabar | १६ असार २०८०, शनिबार
अनर ९० लाइट ५जी एशियामा चाँडै लन्च हुने, आइएमडीए प्रमाणीकरणमा देखियो

काठमाडौं ।

अनरको ‘अनर ९० लाइट ५ जी’  चाँडै नै  एशियामा लन्च हुनसक्ने बताइएको छ।भर्खरै आइएमडीए प्रमाणीकरण वेबसाइटमा देखा परेको डिभाइस पहीले नै युरोपमा डेब्यु भइसकेको छ।

‘अनर ९० लाइट ५ जी’ इयूआर ३०० मूल्य ट्याग तथा १०० एमपी मुख्य क्यामरा सेन्सर भएको लोअर मीड रेन्ज डिभाइस रहेको उल्लेख छ।

सूचीका अनुसार, अनर ९० लाइट ५ जी मोडेल नम्बर सीआरटी एनएक्स १ का साथ सबैभन्दा पहिले सिंगापुरमा रिलीज हुने अपेक्षा गरिएको छ। यद्यपि सूचीले उपकरणको बारेमा कुनै विशेष विवरण वा विशेषताहरू भने उल्लेख गरेको छैन।

अनर ९० लाइट ५ जी ले सेन्टर अलाइन्ड डिजाइनको साथ ठूलो ६.७ इन्च पंच–होल डिजाइन डिस्प्ले रहेको छ। यसले एफएचडी प्लस रिजोल्युसन र स्मूथ ९० हर्ज रिफ्रेस दर प्रदान गर्नेछ।

क्यामरा क्षमताहरूको बारेमा, अनर ९० लाइटमा ट्रिपल रियर क्यामरा सेटअपयुक्त रहेको छ। यसमा २ एमपी म्याक्रो लेन्स र ५ एमपी अल्ट्रा–वाइड–एंगल एकाइको साथमा एफ/१.९ एपर्चरको साथ उच्च–रिजोल्युशन १०० एमपी प्राथमिक सेन्सर समावेश छ। सेल्फीहरूका लागि, डिभाइस १६ एमपी फ्रन्ट–फेसिङ क्यामरा युक्त रहेको उल्लेख छ।

अनर ९० लाइट शक्तिशाली डाइमेन्सिटी ६०२० प्रोसेसरले सुसज्जित छ। यो ८ जीबी र्याम तथा ५ जीबी भर्चुअल र्याम प्रविधि प्रयोग गर्दछ। उपकरणले यसको २५६ जीबी अनबोर्ड भण्डारण क्षमताको साथ पर्याप्त भण्डारण प्रदान गर्दछ। स्मार्टफोनमा ४,५०० एमएएच ब्याट्री रहेको जसले ३५ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने बताइएको छ।

प्रकाशित: १६ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार