
काठमाडौं ।
जुन ३० लाई हरेक वर्ष विश्व सामाजिक सञ्जाल दिवसको रुपमा विश्वव्यापी रुपमा मनाइने गरिन्छ।
वर्षको जुन ३० मा विश्वव्यापी सञ्चारमा समाजिक सञ्जालको प्रभावलाई स्वीकार गर्न र यसको फाइदा र बेफाइदा बारे मानिसहरूलाई सचेत गराउन विश्वव्यापी रूपमा मनाइदै आइएको छ।
सामाजिक सञ्जालको विकाससँगै मानिसहरु आफूले चाहेको समयमा एक अर्कासँग जोडिन सक्षम भएका छन्।
बजारमा आफ्नो उत्पादनको जानकारी दिन र बजारिकरण गर्न पनि सामाजिक सञ्जाल प्रभावकारी माध्यम भएको छ।
सामाजिक सञ्जाल दिवसको इतिहास
सामाजिक सञ्जालको प्रभाव र विश्वव्यापी सञ्चारमा यसको भूमिकालाई केन्द्रित गर्न समाचार वेबसाइट ‘म्यासेबल’ द्वारा सन् २०१० मा पहिलो सामाजिक सञ्जाल दिवस मनाउन सुरु गरेको थियो।
२०१० वर्ष विश्वव्यापी रुपमा जुन ३० लाई सामाजिक सञ्जाल दिवसको रुपमा मनाउँदै आइएको छ।
पहिलो सामाजिक सञ्जाल सन् १९९७ मा सिक्सडिग्रीको नामबाट सिर्जना गरिएको थियो। यो एन्ड्रयू वेनरिचद्वारा स्थापना गरिएको थियो। उक्त प्लेटफर्मले प्रयोगकर्ताहरूलाई प्रोफाइलहरू सिर्जना गर्न, फोटोहरू अपलोड गर्न र बुलेटिन बोर्डहरू मार्फत अरूसँग कनेक्ट गर्न अनुमति प्रदान गथ्र्यो। यो २००१ म बन्द भएको थियो।
सन् २००४ मा फेसबुकको आविष्कार भएको थियो। सुरुको दिनमा फेसबुकको प्रतिस्पर्धा माई स्पेससँग थियो। माई स्पेस पश्चिमी प्रयोगकर्ताबीच लोकप्रिय थियो। हाल फेसबुकसँग विश्वव्यापी २.९ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्।
त्यसको एक वर्षपछि, भिडियो सेयरिङ एप-यूट्युबको स्थापना भएको थियो भने सन् २००६ मा ट्विटर प्रयोगमा आएको थियो। पछिल्लो एक दशक यि तीन समाजिक सञ्जालले कब्जामा बजार रहेको थियो।
पछिल्लो समय टिकटक, ह्वाटस्एप, स्न्यापच्याट, म्यासेन्जर लगायत सामाजिक सञ्जालको प्रयोग पनि बढ्दो छ।
प्रकाशित: १५ असार २०८०, शुक्रबार