टोल फ्री नम्बर सञ्चालन

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
टोल फ्री नम्बर सञ्चालन

काठमाडौं ।

ओखलढुङ जिल्लाको लिखु गाउँपालिकामा उपाध्यक्ष सहायता कक्षमा टोल फ्री नम्बर सञ्चालन गरिएको छ। हिंसामा पीडित एवं अन्याय र अप्ठ्यारोमा परेकालाई सहज न्यायिक सेवा लिन र पालिकाका सेवासम्बन्धी कुनै गुनासो र सुझाव दिन निःशुल्क फोन नम्बर सञ्चालन गरिएको हो।

न्यायिक सम्पादनलाई थप व्यवस्थित, सेवा प्रवाहलाई सहज बनाउँदै पालिकाको नीति कार्यक्रमका बारेमा नागरिकसँग निरन्तर संवादका लागि उपाध्यक्ष सहायता कक्षको अवधारणा ल्याइएको र टोल फ्री नम्बरसमेत सञ्चालन गरिएको उपाध्यक्ष अस्मिता थापाले बताए।

अन्य थप रचनात्मक काम गर्ने योजना भए पनि बजेट अभावले एकै पटक सबै काम गर्न नसकिएको उनको भनाइ छ। बजेटको सीमितताले गर्दा थुप्रै योजना कार्यान्वयन गर्न सकिएको छैन्। आगामी वर्षमा बजेट व्यवस्थापन गरेर बाँकी योजना पूरा गरिने उनले बताए। उपाध्यक्ष सहायता कक्षमा आफ्ना कुरा राख्न लिखुवासीले १८१०५०००००७ मा सम्पर्क गर्न सक्ने गाउँपालिकाले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार