साइबर अपराधबारे सचेतना

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
साइबर अपराधबारे सचेतना

काठमाडौं ।

तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थी लक्षित गरी साइबर अपराधबारे सतेचनामूलक कार्यक्रम आयोजना गरिएको छ।

तारकेश्वर नगरपालिकासँगको सहकार्यमा परिवर्तनका निम्ति सहकार्य नेपालद्वारा बिहीबार आयोजित ‘साइबर अपधारबारे सचेनामूलक कार्यक्रम’ मा तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई सामाजिक सञ्जालमा आफ्नो भावना, विचार व्यक्त गर्दा र कुराकानी गर्दा ध्यान दिनुपर्नेलगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

तारकेश्वर नगरप्रमुख कृष्णहरि महर्जनले बालबालिकामा इन्टरनेट प्रविधिको पहुँच बढ्दो रहेको र साइबर अपराधमा पर्न सक्ने सम्भावना पनि उत्तिकै रहेकाले न्यूनीकरणको पहल गर्नुपर्ने बताए। उनले साइबर अपराध न्यूनीकरणको पहल अन्तर्गत नगरपालिकाले विद्यार्थीलक्षित साइबर सचेतना कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे।

पूर्वन्यायाधीश अग्निप्रसाद थपलियाले साइबर अपराधबारे अदालतसम्म पुगेका मुद्दाको चर्चा गर्दै सामाजिक सञ्जालबाट अरूसँग बदला लिन गाली गर्ने, प्रविधिको प्रयोग गरेर तस्बिरमा छेडखानी गर्ने, सामाजिक सञ्जालको पासवर्ड एकअर्कामा साटासाट गर्दा दुरुपयोग हुने गरेको बताए। उनले सामाजिक सञ्जालमा चिट्ठा परेको भन्दै ठगी गर्ने र अर्काको नाममा सामाजिक सञ्जालको आइडी बनाउने, धम्क्याउने, नग्न तस्बिर माग्नेलगायतका सबै कार्य अपराध भएको जानकारी दिए।

साइबर ब्युरोका प्रहरी नायब उपरीक्षक प्रदिन ताम्राकारले प्रविधिको दुरुपयोगले बालबालिकासमेत साइबर अपराधमा संलग्न भएर सजाय भोग्नु परेको घटनाबारे चर्चा गर्दै यस्ता घटनाबाट बच्न अपनाउनुपर्ने उपायबारे जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...