ग्लोबल लन्चअघि “भिभो वाइ २७ फाइभजी” लाई थाइल्याण्डमा एनबीटीसी प्रमाणीकरण प्राप्त

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
ग्लोबल लन्चअघि “भिभो वाइ २७ फाइभजी” लाई थाइल्याण्डमा एनबीटीसी प्रमाणीकरण प्राप्त

काठमाडौं ।

ग्लोबल लन्च अघि भिभो वाइ २७ फाइभजीले थाइल्याण्डमा एनबीटीसी प्रमाणीकरण प्राप्त गरेको छ।

डिभाइसले पहिले नै ईईसी प्रमाणीकरण प्राप्त गरीसकेको छ भने यो गीकबेन्च तथा गुगल प्ले कन्सोलमा देखा परेको उल्लेख छ।

सूची अनुसार, डीभाइसको मोडेल नम्बर भी २३०२ भीभो वाइ २७ ५ जी रहेको छ। मोडेल नम्बर र मोनिकर स्पष्ट गर्नु बाहेक, सूचीले थप विवरणहरू प्रकट गरेको छैन। उपकरण चाँडै थाइल्याण्डमा लन्च हुनेछ।

लीक विशेषता अनुसार, भिभो वाइ २७ फाइभजी सम्भावित रूपमा भिभो वाइ ३६ फाइभजीको रिब्रान्डेड संस्करण हुनसक्ने अनुमान गरिएको छ।यदि सत्य भएमा, वाइ २७ फाइभजीले ९० हर्ज रिफ्रेस दरको साथ ६.६४ इन्च एलसीडी एफएचडी प्लस डिस्प्ले फिचर गर्नेछ।

यसको क्यामरा सेटअपका बारेमा, डिभाइसमा ५० मेगापिक्सेल प्राथमिक क्यामरा र २ मेगापिक्सेल सेकेन्डरी क्यामरा समावेश गरी डुअल क्यामरा प्रणाली युक्त हुने अपेक्षा गरिएको छ। सेल्फी र भिडियो कलहरूका लागि, एक १६ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको अपेक्षा गरीएको छ।

इमेजिङ क्षमताहरू बाहेक, वाइ २७ फाइभजीले ५,००० एमएएच ब्याट्री समर्थन गर्ने र ४४ वाट फास्ट चार्जिङलाई समर्थन गर्ने अनुमान गरिएको छ।

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार