स्टोरडटको एक्स्ट्रिम फास्ट चार्जिङ ब्याट्रीहरूको परीक्षण गर्दै टेस्ला

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
स्टोरडटको एक्स्ट्रिम फास्ट चार्जिङ ब्याट्रीहरूको परीक्षण गर्दै टेस्ला

काठमाडौं ।

टेस्लाले स्टोरडटको एक्स्ट्रिम फास्ट चार्जिङ (एक्सएफसी) ब्याट्री टेक्नोलोजीको सम्भाव्यता परीक्षण गरिरहेको छ। इजरायली ब्याट्री स्टार्टअप स्टोरडट उच्च तीव्र गतिमा चार्ज गर्न सक्ने विद्युतीय सवारीका ब्याट्रीहरूको उत्पादकको रूपमा प्रख्यात छ।

कम्पनीको एक्सएफसी ब्याट्रीहरु तेस्रो पक्षद्वारा प्रमाणित गरिएको स्टोरडटको दाबी छ।

गत डिसेम्बरमा स्वतन्त्र ब्याट्री प्रयोगशाला समुएल डे लियोन इनर्जी (एसडीएलई)ले स्टोरडटको ३० एएच पाउच सेल एक्सएफसी ब्याट्रीहरूको परीक्षण गरेको थियो। स्टार्टअपको ब्याट्रीहरूले उच्च द्रुत चार्ज गर्ने क्षमता र ३०० किलोवाट÷किलोग्रामको उच्च ऊर्जा घनत्व प्रदान गर्ने प्रयोगशालाले निष्कर्ष निकालेको टेस्लाटारी लेखेको छ।

यूएसए टुडेको रिपोर्टमा उल्लेख गरिए अनुसार टेस्लाको स्टोरडट प्रविधिको परीक्षणले विद्युतीय सवारी साधन निर्माताले आफ्नो इलेक्ट्रिक कारका लागि उत्कृष्ट ब्याट्रीहरू सिर्जना गर्ने र विकास गर्ने प्रतिबद्धतालाई प्रकाश पार्छ। स्टोरडटको एक्सएफसी ब्याट्रीहरुले टेस्लाको ईभीलाई लामो यात्राका लागि अझ बढी व्यवहारिक बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

स्टोरडटले सन् २०२४ सम्म आफ्नो एक्सएफसी ब्याट्रीलाई पाँच मिनेटमा १०० माइल चार्ज गर्न सक्षम बनाउने लक्ष्य राखेको छ। सन् २०२८ मा तीन मिनेटमा १०० माइल र दशकको अन्त्यमा दुई मिनेटमा १०० माइलमा सुधार हुने कम्पनीको अपेक्षा छ। टेस्लाद्वारा स्टोरडटको ब्याट्रीहरूको परीक्षण दुई कम्पनीबिच भविष्यमा साझेदारी गर्ने संकेत नभएको रिपोर्टमा उल्लेख छ। यो परीक्षणले आफ्नो गाडीको पर्फमेन्समा थप सुधार गर्न टेस्लाले अर्को पुस्ताको ब्याट्री प्रविधिहरु अपनाउन केन्द्रित भएको विषयलाई संकेत गर्छ। ब्याट्री व्यवस्थापन प्रणाली र सवारी साधन एकीकरणमा टेस्लाको बृहत् अनुभवले कम्पनीलाई स्टोरडटको कामको परीक्षण र सम्भावित रूपमा प्रमाणीकरण गर्नको लागि एक आदर्श कम्पनी बनाउँछ।

टेस्ला पछिल्लो समय ४६८० सेलहरुको विकास र उत्पादनलाई र्याम्प गर्न खोजिरहेको छ। कम्पनीको गिगाफ्याक्ट्री टेक्सासका केही मोडल वाईमा यसको प्रयोग गरिएको छ। कम्पनीले आफ्नो ईभीको बढ्दो मागलाई सम्बोधन गर्न र उत्पादन बढाउन थप ब्याट्री आपूर्ति सुरक्षित गर्न खोजिरहेको इलन मस्कले बताउँदै आएका छन्।

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार