सामसङ मनिटर “ओडीसी ओएलइडी जी ९” लन्च

Technology Khabar १३ असार २०८०, बुधबार

काठमाडौं ।

सामसङले आफ्नो नयाँ मनिटर ओडीसी ओएलइडी जी ९ लन्च गरेको छ। सीइएस जनवरी २०२३ को समयमा, कम्पनीले यसको खुलासा गरेकोमा भर्खरै यसको आधिकारिक रूपमा लन्च गरिएको हो।

ओडीसी ओएलइडी जी ९ मा ४९ इन्चको क्यूडी-ओएलइडी डिस्प्ले १८०० आर कर्भ भएको हल्का घुमाउरो प्यानल रहेको बताइएको छ। यसमा ५,१२०x१,४४० पिक्सेलको डुअल क्यूएचडी स्क्रिन रिजोल्युसन रहेको जसले ३२:९ अल्ट्रावाइड एस्पेक्ट रेसियोको साथ फराकिलो र इमर्सिभ दृश्य  अनुभव प्रदान गर्ने उल्लेख छ। मनिटरले एनभीडीया जी -सीङ्क र एएमडी फ्री सीङ्क प्रिमियम प्रो लाई पनि समर्थन गर्नेछ।

त्यस्तै यसले २४० हर्ज रिफ्रेस रेट र सहज तथा तरल गतिको लागि ढिलो र धमिलो कम गर्दै द्रुत ०.०३ एमएस प्रतिक्रिया समय प्रदान गर्ने बताइएको छ। यो एक निओ क्वान्टम प्रोसेसर प्रो चिपद्वारा संचालित रहेको छ जसले असाधारण स्पष्टता र जीवन्तताको लागि इमेज रेन्डरिङ बढाउने उल्लेख छ। मनिटरले एचडीआर १० प्लसलाई समर्थन गर्ने तथा भेसाको डिस्प्ले एचडीआर ट्रु ब्ल्याक ४०० प्रमाणीकरण सहित, गहिरो कालो र जीवन्त रंगहरू प्रदान गर्ने उल्लेख छ।

सफ्टवेयरका लागि, यसले टाइजेन अपरेटिङ सिस्टम चलाउने बताइएको छ। यसमा एउटा एचडीएमआइ २.१ पोर्ट, एक माइक्रो एचडीएमआइ २. १ पोर्ट, तथा भर्सटाइल कनेक्टिभिटी विकल्पहरूको लागि एक डिस्प्ले पोर्ट १. ४ पोर्टको साथ आउनेछ। यूएसवी ३.० हब, हाइट एडजस्टेवल स्ट्यान्ड, र भेसा माउन्टिङको लागि पनि समर्थन रहेको बताइएको छ।

सामसङ ओडीसी ओएलइडी जी ९ अल्ट्रा- वाइड मनिटर हाल संयुक्त राज्य अमेरिकामा मात्र २,१९९ अमेरिकी डलरमा खरिदको लागि उपलब्ध छ।

प्रकाशित: १३ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया