लिथियम-आयन ब्याट्री विकासमा योगदान दिने वैज्ञानिक “जोन बी गुडइनफ” को निधन

  • Technology Khabar | १२ असार २०८०, मंगलवार
लिथियम-आयन ब्याट्री विकासमा योगदान दिने वैज्ञानिक “जोन बी गुडइनफ” को निधन

काठमाडौं ।

लिथियम-आयन ब्याट्रीको विकासमा महत्वपूर्ण योगदान दिएका प्रख्यात वैज्ञानिक ‘जोन बी गुडइनफ’को निधन भएको छ। आइतबार टेक्सास स्थित अस्टिनमा १०० वर्षको उमेरमा उनको निधन भएको हो।

२०१९ मा रसायन शास्त्रमा प्रतिष्ठित नोबेल पुरस्कार प्राप्त गरेका गुडइनफ इतिहासकै सबैभन्दा पुरानो नोबेल पुरस्कार प्राप्तकर्ताको रूपमा चिनिन्छन्। हाल विश्वभर प्रयोग गरिने इलेक्ट्रोनिक उपकरणहरुमा उनको योगदानले प्रविधिको क्षेत्रमा क्रान्ति पैदा गरेको बताइएको छ।

अस्टिनको ककरेल स्कूल अफ इन्जिनियरिङ टेक्सास विश्वविद्यालयमा आफ्नो ३७ ९वर्षको उत्कृष्ट कार्यकालमा, गुडेनफले  भर्जिनिया एच.ककरेल संकाय सदस्यको रूपमा सेवा गर्नुका साथसाथै इन्जिनीयरिङको सेन्टेन्नियल चेयरको रूपमा काम गरेका थिए।

इनोभेटीभ इनर्जी स्टोरेज सोलुसनहरू अन्वेषण गर्न र विज्ञान र इन्जिनियरिङ चुनौतिहरूको खोजी गर्न गहिरो प्रतिबद्ध रहेका उनको अटल समर्पणले मोबाइल फोन, ल्यापटप, ट्याब्लेट तथा विद्युतीय सवारी साधनहरूको लागि उच्च ऊर्जा घनत्व प्रदान गर्दै अत्याधुनिक रिचार्जेबल ब्याट्रीहरू सिर्जना गर्न नेतृत्व गरेको बताइएको छ।

सन् १९२२ मा जर्मनीमा जन्मेका गुडनफले येल विश्वविद्यालय र शिकागो विश्वविद्यालय जस्ता प्रतिष्ठित संस्थाहरूबाट गणित तथा भौतिकशास्त्रमा डिग्री हासिल गरेका थिए।

आफ्नो करियरको अवधिमा, एमआइटीको लिंकन प्रयोगशाला र अक्सफोर्ड विश्वविद्यालय जस्ता प्रसिद्ध संस्थाहरूमा पदहरू सम्हालेका थिए।

उनको प्रभावले वैज्ञानिक तथा ईन्जिनियरिङ् क्षेत्रका भविष्यका आविष्कारकहरू तथा अनुसन्धानकर्ताहरूलाई थप प्रेरणा मिल्ने उल्लेख गरिएको छ।

प्रकाशित: १२ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार