Technology Khabar १२ असार २०८०, मंगलवार
काठमाडौं ।
प्रख्यात चिनियाँ अटोमोबाइल निर्माता डेन्जाले आफ्नो पहिलो “हन्टिङ एसयूभी मोडल” डेन्जा एन ७ लन्चको तयारी गरेको छ। बीवाइडीअन्तर्गत डेन्जाको उच्च प्रत्याशित एन७ को लन्च तयारीले इभी बजारमा नयाँ प्रतिस्पर्धा थपिनेछ।
आईटी होमको समाचार अनुसार, सेल्स विभागका महाप्रबन्धक, झाओ चाङ्गजियाङले आफ्नो व्यक्तिगत वेइबो खातामार्फत प्रभावशाली माइलस्टोन साझा गर्दै जून २६ सम्ममा, डेन्जा एन ७ को लागि प्रि-अर्डरहरूको संख्या पहिले नै २०,००० एकाइहरू नाघिसकेको बताएका छन्।
प्रभावशाली इच्छुक खरीदकर्ताहरू मध्ये, ६८ प्रतिसतले डेन्जा एन ७ लाई ब्रान्ड न्यू भेहिकलको रूपमा खरिद गर्न खोजिरहेको बताइएको छ। यी व्यक्तिहरू मध्ये ५५ प्रतिशत भन्दा बढिसँग हाल बिबीए मोडेलहरू रहेको बताईएको छ।
त्यस्तै , लगभग ३५ प्रतिशत इच्छुक खरीददारहरू बीवाइडी ब्रान्ड वा डेन्जा ब्रान्ड मोडलका अघिल्लो मालिकहरू रहेका ,जसले लोयल कस्टमरको आधार प्रदर्शन गरेको उल्लेख छ। म्भावित ग्राहकहरूमध्ये ३०५ भन्दा बढीले पहिले नै डेन्जाको पहिलो मिड-टु-हाइएन्ड एमपी ४, डेन्जा डी ९ को स्वामित्व लिइसकेका उल्लेख छ।
यसलाई “स्मार्ट लक्जरी हन्टीङ एसयूभी” को रूपमा लेबल गरिएको छ र आधिकारिक रूपमा जुलाई ३ मा लन्च गर्न तय गरिएको छ।
पहिलो बृहत उत्पादन कार पहिले नै जून २० मा एसेम्बली लाइन शुरु गरिसकेको तथा अझै उत्सुक खरीददारहरूमा अपेक्षा बढिरहेको बताइएको छ। सफारी, कूप र एसयूभीको एलीमेन्टहरुको यूनीक डिजाइन बुस्ट गर्दै, डेन्जा एन ७ अक्लेम्ड इन्सेप्शन कन्सेप्ट कारमा आधारित रहेको बताइएको छ।
डेन्जा एन ७ को स्पेसिफिकेशनहरूले प्रभावशाली ड्राइभिङ अनुभव दिने बताइएको छ। ४८६० एमएम लम्बाइ, १९३५ एमएम चौडाइ तथा १६०२ एमएम उचाइको आयाम भएको, ५ सीटर मध्यम आकारको एसयूभीले यात्रुहरूलाई पर्याप्त ठाउँ प्रदान गर्ने उल्लेख छ। गाडीको ह्वीलबेस २९४० एमएम फैलिएको छ जसले सडकमा स्थिरता र आराम सुनिश्चित गर्ने पनि जानकारी लिइएको छ। त्यस्तै डेन्जा एन ७ ले १८० किलोमीटर प्रति घण्टाको उच्च गति बुस्ट गर्ने तथा डबल गन फास्ट चार्जिङ र लेजर राडार जस्ता वैकल्पिक सुविधाहरू प्रदान गर्ने उल्लेख छ।
प्रकाशित: १२ असार २०८०, मंगलवार