फक्सकनले भारतीय सेमीकन्डक्टर प्लान्टका लागि नयाँ साझेदार खोज्दै

  • Technology Khabar | १२ असार २०८०, मंगलवार
फक्सकनले भारतीय सेमीकन्डक्टर प्लान्टका लागि नयाँ साझेदार खोज्दै

काठमाडौं ।

सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनको ठेक्का उत्पादनमा संलग्न ताइवानी कम्पनी फक्सकनले अब भारतमा स्थापना हुन लागेको चिप अर्थात् सेमीकन्डक्टर प्लान्टका लागि नयाँ साझेदारको खोजी गरिरहेको छ।

यसले भारतमा खानी तथा धातु क्षेत्रका ठूला व्यवसायी अनिल अग्रवाललाई ठूलो झट्का लाग्ने र सेमिकण्डक्टर बनाउने उनको सपना चकनाचुर हुन सक्ने भारतीय मिडियाले उल्लेख गरेको छ।

इटीको एक समाचार अनुसार, फक्सकनले यसका लागि अन्य ठूला भारतीय व्यापार घरानहरूसँग सम्पर्क गर्न थालेको छ। फक्सकन भारतमा आफ्नो महत्वाकांक्षी अर्धचालक (सेमीकण्डक्टर) प्लान्टको लागि नयाँ साझेदारको खोजीमा छ। यसका लागि फक्सकनले अनिल अग्रवालको कम्पनी वेदान्तसँग संयुक्त लगानी बनाएको थियो तर अब जेभी समस्यामा पर्न सक्ने देखिन्छ।

यसअघि वेदान्त र फक्सकनले भारतमा सेमीकन्डक्टर प्लान्ट स्थापना गर्ने खबर आएको थियो। दुवै कम्पनीले औपचारिक रुपमा यसबारे जानकारी पनि दिएका थिए। प्रस्तावित सेमीकन्डक्टर प्लान्ट गुजरातको ढोलेरामा स्थापना गर्न लागिएको थियो। तर, अहिले यी दुई साझेदारबीच केही मतभिन्नता देखापरेको खबर आएको छ।

इटीको समाचारमा, एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृत गरी भनिएको छ कि दुई पक्षहरू जस्तै फक्सकन र वेदान्त बीच केही भिन्नताहरू छन्। उनले सरकार दुवै पक्षसँग सम्पर्कमा रहेको तर नयाँ साझेदार खोज्न फक्सकनलाई सुझाव दिइएको बताए।

रिपोर्टकाअनुसार वेदान्तको आर्थिक स्थायित्वप्रति सरकारको चासो रहेको अधिकारीको भनाइ छ। वास्तवमा वेदान्त अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। कम्पनीमा ऋणको ठूलो बोझ छ, जसलाई चुक्ता गर्न सम्भावित सबै स्रोतबाट रकम उठाइएको उल्लेख छ।

प्रकाशित: १२ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार