क्लासिक होन्डा मोटोकम्पोबाट प्रेरित टम फोल्डिङ्ग ई–स्कुटर घोषणा

Technology Khabar १२ असार २०८०, मंगलवार

काठमाडौं ।

इटालियन कम्पनी टु–मुभले एकदम कम्प्याक्ट डिजाइन भएको टम फोल्डिङ्ग इलेक्ट्रिक स्कुटरको घोषणा गरेको छ। कम्प्याक्टनेसको मामलामा उक्त टम ई–स्कुटर होन्डा मोटोकम्पोबाट प्रेरित रहेको उल्लेख गरिएको छ।

यद्यपि, टम ई–स्कुटर पूर्णरूपमा इलेक्ट्रिक स्कूटर हुनुका साथै १९८० को प्रतिष्ठित होन्डा मोडल भन्दा पनि बढी कम्प्याक्ट भएको बताइएको छ। साथै यस टम ई–स्कुटरमा क्षणभरमा फोल्डिङ्ग गर्न मिल्ने फोल्डिङ्ग मेकानिजम समावेश रहेको उल्लेख गरिएको छ।

टु–मुभका अनुसार टम ई–स्कुटरलाई ७ सेकेन्डमा फोल्ड गर्न सकिने बताइएको छ। स्कूटरको अगाडिको भागलाई ईभीको फ्रेममा फोल्ड गर्न सकिने र कम्प्याक्ट फोल्ड गरिएको प्याकेजको लम्बाई ९४ सेन्टिमिटर रहेको उल्लेख छ। साथै उक्त फोल्ड गरिएको ई–स्कुटर कार वा अफिसको विभिन्न प्रकारका सानो ठाउँमा फिट हुने बताइएको छ।

लगभग २० किलो तौल रहेको टम ई–स्कुटरको हरियो, मिनिमलिस्ट डिजाइनमा उपलब्ध भएको उल्लेख गरिएको छ। यस टम ई–स्कुटरको छेउमा ब्याम्बु बडीवर्क र ओभरअल स्ट्रिम्ड डिजाइन फिचर गरिएको छ। फुटपाथ सवारीको लागि उपयुक्त हुने यस ई–स्कूटरमा साना पाङ्ग्राहरू समावेश गरिएको बताइएको छ।

टम ई–स्कुटरमा ७५०डब्लुएचको ब्याट्री प्याक समावेश गरिएको र यस ब्याट्रीले पूर्ण चार्जमा ४८ किलोमिटर सम्मको दायर प्रदान गर्ने उल्लेख छ। साथै यस टम ई–स्कुटरमा रियर–माउण्टेड (पछाडि माउन्ट गरिएको) ५०० वाटको मोटर रहेको र यस मोटरले स्कूटरलाई प्रति घन्टा ४५ किलोमिटरको उच्च गति प्रदान गर्ने बताइएको छ। इस ई–स्कूटरले ब्लुटुथ पेयरिङ्गलाई समर्थन गर्नुका साथै र यसको कम्प्यानियन मोबाइल एपले विभिन्न सेटिङहरू अनुकूलन गर्नका लागि अनुमति दिनेछ। साथै स्मार्टफोनलाई नेभिगेसनल उपकरण र मोबाइल ड्यासबोर्डको रूपमा पनि प्रयोग गर्न सकिने छ।

टम ई–स्कुटरलाई किकस्टार्टर अभियानमा उपलब्ध गराईएको छ र यसको प्रारम्भिक मूल्य १,५८९ यूरो (१,७४५ डलर) तोकिएको छ।

प्रकाशित: १२ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया