Technology Khabar ११ असार २०८०, सोमबार
काठमाडौं ।
इन्फिनिक्सको इन्फिनिक्स हट थ्री ओआइ र स्मार्ट ७ प्लस लन्च भएको छ । आफ्नो हट सिरिज अन्तर्गत बजेट स्मार्टफोनहरू उपलब्ध गराउँदै आएको इन्फीनीक्सले आज ( सोमबार ) आफ्ना स्मार्टफोनहरुको लन्च गरेको हो।
अत्याधुनिक सुविधाहरू तथा उन्नत प्रविधि सहितका उक्त स्मार्टफोनहरु आ आफ्ना अलग विशेषताहरु सहित लन्च भएका हुन्।
८ जीबी र्याम प्लस ८ जीबी र्याम र १२८ जीबी आन्तरिक भण्डारण सहित, हट थ्री ओआइले हाइ – स्पीड मल्टिटास्किङ तथा फाइल, एप र मिडिया हरुका लागि पर्याप्त स्पेस खोज्ने प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने बताइएको छ।
डिभाइस ग्लेशियर ब्लू, मिरर ब्ल्याक, डायमण्ड व्हाइट (सीमित) तथा मारीगोल्ड (सीमित) शेडहरूमा उपलब्ध छ।
त्यस्तै, हट थ्री ओआइले असाधारण प्रदर्शन, प्रयोगकर्ता-अनुकूल इन्टरफेस, तथा पातलो डिजाइन अपनाएको बताइएको छ। डिभाइस १६४*७५.७५*८.४ एमएम डायमेन्सनयुक्त हुनेछ। एचडी प्लस ७२० * १,६१२ रिजोल्युसनको साथ हट ३ ओआइ ६.५६ इन्च, इएमएमसी, एलपीडीडीआर ४ एक्स स्क्रिन डिस्प्ले द्वारा सुरक्षित रहेको तथा यसले ९० हर्ज रिफ्रेस रेट तथा ५०० नीट्स ब्राइटनेसलाई समर्थन गर्नेछ।
डुअल क्यामरा सेटअप सहित डिभाइसको अगाडि साइडमा, सेल्फी खिच्न र भिडियो कलहरू लिनको लागि ५ एमपी क्यामरा रहेको छ। फोनमा मिडीया टेक हेलीओ जी ३७ चिपसेट रहेको छ।
इन्फिनिक्स हट थ्री ओआइले १० वाट चार्जिङको साथ ५००० एमएएच ब्याट्री समर्थन गर्नेछ। यो बजेट स्मार्टफोन नेपाली बजारमा रु.१६,९९९ मूल्यमा अनलाइन तथा नेपालका अन्य आधिकारिक स्टोरहरूबाट प्राप्त गर्न सकिने छ।
त्यस्तै, ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेजसहित इन्फिनिक्स स्मार्ट ७ अजुरे निलो, नाइट ब्ल्याक र पन्ना हरियो शेडहरूमा उपलब्ध रहेकोछ।
दैनिक कार्य र मनोरन्जनको लागि आईडीयल डिभाइसको रुपमा एक सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दै रु. १२,९९९ मूल्यका साथ यसले उपभोक्ताहरूका लागि गुणस्तरीयतामा कुनै सम्झौता नगरी बजेटमैत्री स्मार्टफोन खोज्ने आकर्षक विकल्प रहेको उल्लेख गरेको छ।
डिभाइस ६.६ इन्च, एचडी प्लस ७२० * १६१२ रिजोल्युसनको साथ सनलाइट डिस्प्लेद्वारा सुरक्षित रहेको उल्लेख छ।
इन्फिनीक्स एचडी प्लसले १० वाट चार्जिङको साथ ६००० एमएएच ब्याट्री समर्थन गर्ने तथा रिअर १३ एमपी प्लस एआई लेन्स क्यामरा सेटअप सहित डिभाइसको अगाडि साइडमा सेल्फी खिच्न र भिडियो कलहरू लिनको लागि ५ एमपी क्यामरा रहेको छ। यसले अक्टा कोर १.६ गिगाहर्ज चिपसेट प्याक गर्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ असार २०८०, सोमबार