काठमाडौं ।
जापानी अर्धचालक उपकरण निर्माता जेएसआरले जापानी राज्य-समर्थित कोष जापान इन्भेस्टमेन्ट कर्पोरेसन (जेआईसी) बाट खरिद प्रस्ताव प्राप्त गरेको छ ।
यसले कम्पनीको मूल्य १ ट्रिलियन जापानी येन (७ बिलियन डलर) कायम गरेको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ।
जेएसआरले यसमा केही निर्णय नभएको बताएको छ तर यसको बोर्डले सोमबार यस विषयमा छलफल गर्ने छ।
जेआईसीले जेएसआरलाई १ ट्रिलियन येनमा किन्न वार्ता गरिरहेको छ।
उक्त कोषले स्वदेशी र विदेशी एन्टिट्रस्ट अधिकारीहरूसँग खरिद प्रक्रिया क्लियर गरेपछि यस वर्षको सुरुमा टेन्डर प्रस्ताव गर्ने लक्ष्य राखेको निकाई व्यापार दैनिकले रिपोर्ट गरेको छ।
जापानको सरकारले माइक्रोचिपलाई आफ्नो आर्थिक सुरक्षा बलियो बनाउन रणनीतिक उत्पादनको रूपमा लिन्छ, र आपूर्ति श्रृंखलालाई बलियो बनाउन खोज्छ।
यदि सम्झौता पूरा भयो भने, जेएसआरले टोकियो स्टक एक्सचेन्जबाट २०२४ को शुरुवातमा डिलिस्ट गर्ने रिपोर्टमा भनिएको छ।
प्रकाशित: ११ असार २०८०, सोमबार