इलन मस्कलाई भारतको कर्नाटकमा टेस्ला उत्पादन गर्न आग्रह

  • Technology Khabar | ११ असार २०८०, सोमबार
इलन मस्कलाई भारतको कर्नाटकमा टेस्ला उत्पादन गर्न आग्रह

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको भ्रमणको दौरान न्यूयोर्कमा टेस्लाका सीईओ इलन मस्कसँग भेट गरेका थिए। मोदीसँगको भेटमा मस्कले टेस्ला छिट्टै भारतमा आउने बताएका थिए। साथै मस्कले लगानीका लागि भारत राम्रो देश भएको र स्टालिंक ल्याउने योजना बनाइरहेको पनि बताए।

इलन मस्क भारतमा ठूलो लगानी गर्ने योजनामा छन् र यसबाट भारतमा रोजगारी बढ्ने अपेक्षा गरिएको छ। इलन मस्कको कम्पनीलाई आफ्नो राज्यमा ल्याउन प्रदेश सरकारले प्रयास पनि सुरु गरिसकेका छन्।

ठूलो लगानीको सम्भाव देखेर कर्नाटकका उद्योगमन्त्री एमबी पालिटले खर्बपति मस्कलाई राज्यमा आउनका लागि निमन्त्रणा दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। इलेक्ट्रिक कार निर्माता टेस्लाका लागि कर्नाटक आदर्श ठाउँ भएको पनि पाटिलले बताए।

पाटिलले ट्वीट गरेका छन्, कर्नाटक प्राविधिक र म्यान्युफ्याक्चरिङ ५.० लागि हब बन्ने योजनामा छ। इदि टेस्ला भारतमा प्लान्ट लगाउने सोचमा छ, कर्नाटक, आफ्नो शान्दार पोटेन्शियल तथा क्षमताको कारणबाट, मैले यो अवश्य भन्नुपर्छ, सही स्थान हो।

इलन मस्कलाई कर्नाटक आउने निमन्त्रणा दिएर पाटिल राज्यमा ठूलो लगानी ल्याउन खोजिरहेका छन्। यो राज्यको रोजगारी र अर्थतन्त्रका लागि महत्वपूर्ण हुनेछ। राज्य ठूला सवारी कम्पनीहरुको उत्पादन हबको रुपमा विकशित भइरहेको छ।

पाटिलले थपे, एक पोगेसिभ राज्य तथा इनोभेसन र प्रविधि हबको रुपमा, कर्नाटक, टेस्ला र स्टालिंक सहित इलन मस्कको अन्य कुनै पनि भेन्चर्सको फ्याक्ट्रीका लागि सबै आवश्यकता पूरा गर्नेछ।

पाटिल इलन मस्कलाई कर्नाटकमा ब्रोब्यान्ड इन्टरनेट सेवा स्टालिंक ल्याउन पनि आग्रह गरिरहेका छन्। कर्नाटक आईटी सेवाका लागि अग्रणी छ। प्रविधिमा आधारित कम्पनी टेस्ला र स्टालिंकले कर्नाटक राज्यबाट पर्याप्त सहायता प्राप्त गर्ने सम्भावना रहेको रिपोर्टमा लेखिएको छ।

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...