पोखरामा नेटा इभीको शोरुम उद्घाटन

  • Technology Khabar | ११ असार २०८०, सोमबार

काठमाडौं ।

पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम संचालनमा आएको छ। नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरे।

उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडीको फाईदा धेरै रहेको बताए । नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने बताए। साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए। सार्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्ने धारणा ब्यक्त गरे।

सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्नेछन्। उनकाअनुसार नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजना छ।

ईभी ट्याक्सी र माईक्रोबसको सफल तरिकाले शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखी १९ सिटरसम्मका माईक्रोबसहरु उपलब्ध हुने बताईएको छ।

पियोर इभी प्लेटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएको छ। १७० एम एम ग्राउण्ड क्लीयरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको दाबी छ।

यसका साथै नेटा भी गाडी भित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ। नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ।

सीजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन्। साथै गण्डकी प्रदेशमा इभी ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्सले अधिकारिक बिक्रेताकारुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ।

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया