
काठमाडौं ।
बेटिङ्ग एप्लिकेसन वानएक्स बेटमार्फत मार्फत विभिन्न खेलहरू खेलाउनको लागि आफ्नो युट्युबच्यानल मार्फत प्रचार गरेको आरोपमा नेपाल प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ।
काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटलाईलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापन गरी सर्वसाधारणलाई सट्टावाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न राज कुमार थापा भन्ने राज कुमार तामाङलाई शुक्रबार पक्राउ गरेको हो।
युट्युबर तथा भ्लगर थापाले आफ्नै नाममा युट्युब संचालन गर्दै आएका छन्, जसमा उनले प्रोमो कोड राखेर वानएक्सबेटको प्रचार गरेको प्रहरीको भनाई छ।
उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले असार ८ गते कपनबाट पक्राउ गरी सट्टावाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानको लागि असार १० गते आइतबार प्रहरी परिसर, काठमाण्डौ पठाईएको जनाएको छ।
प्रकाशित: ११ असार २०८०, सोमबार