लियो इस्पोर्ट्स पब्जी मोबाइल नेपाल सिरिजको च्याम्पियन

  • Technology Khabar | ११ असार २०८०, सोमबार
लियो इस्पोर्ट्स पब्जी मोबाइल नेपाल सिरिजको च्याम्पियन

काठमाडौं ।

लियो इस्पोर्ट्स पब्जी मोबाइल नेपाल सिरिजको च्याम्पियन बनेको छ। लियो इस्पोर्ट्सले कुल १५ खेलमा १२९ प्वान्ट प्राप्त गर्दै पब्जी मोबाइल नेपाल सिरिजको च्याम्पियन बनेको हो।

शुक्रबारदेखि सञ्चालन भएको फाइनल चरणको खेलमा लियो इस्पोर्ट्सले एक चिकेन डिनर सहित ५५ प्लेसमेन्ट र ७४ इलिमिनेसन प्वान्ट प्राप्त गरेको थियो।

उपाधीसँग लियो इस्पोर्ट्सले ३ लाख २० हजार रुपैयाँ पनि जितेको छ।

अन्तिम दिन उत्कृष्ट प्रदर्शन गरेको टी२के इस्पोर्ट्स दोस्रो स्थानमा रहन पुग्यो। टी२केले कुल १२६ प्वाइन्ट प्राप्त गरेको थियो। दुई चिकेन डिनर सहित टी२केको ४० प्लेसमेन्ट प्वाइन्ट र ८६ इलिमिनेसन प्वाइन्ट थियो। ३ अंकले उपाधी गुमाएको टी२केले साढे १ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको छ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीको उपाधी पनि टी२केका जेनले जितेका छन्। ३० इलिमिनेसन प्राप्त गरेका जेनले १० हजार रुपैयाँ हासिल गरेका छन्।

तेस्रो स्थानमा स्काईलाइट गेमिङ रहेको छ। स्काईलाइट गेमिङले १२२ प्वाइन्ट जोडेको छ। स्काईलाइट गेमिङले एक लाख रुपैयाँ प्राप्त गरेको छ।

पाँचौ स्थानमा रहन सफल एएसटी र नवौं स्थानमा रहेको कर्मा अफिल पीएमपीएलका लागि छनोट भएका छन्। उनीहरुभन्दा माथि रहेका टिमहरु पहिलै पीएमपीएलका लागि छनोट भएकाले एएसटी र कर्माले अवसर प्राप्त गरेका हुन्।

यस प्रतियोगितको कुल पुरस्कार राशी १० लाख रुपैयाँ रहेको छ। फाइनलमा सहभागी टिमहरुले अंक तालिकाका आधारमा न्यूनतम १० हजार रुपैयाँ हात परेका छन्।

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...