Technology Khabar ११ असार २०८०, सोमबार
काठमाडौं ।
टेस्लाको बहुप्रतिक्षित डोजो सुपर कम्युटर अर्को महिनादेखि उत्पादनमा जाने कम्पनीले बताएको छ। डोजो सुपर कम्प्युटरले टेस्लाको सेल्फ–ड्राइभिङ प्रयासलाई नयाँ स्तरमा ल्याउने अपेक्षा गरिएको छ।
डोजो टेस्लाको आफ्नै कस्टम सुपर कम्प्युटर प्लेटफर्म हो। यो एआई मेसिन लर्निङको लागि र अझ विशेष रूपमा कम्पनीको सवारी साधनहरूको फ्लीटबाट आउने भिडियो डाटा प्रयोग गरेर भिडियो प्रशिक्षणको लागि बनाइएको हो।
अटोमेकरसँग पहिले नै ठूलो एनभिडिया जीपीयू-आधारित सुपर कम्प्युटर छ जुन संसारको सबैभन्दा शक्तिशाली मध्ये एक हो। तर नयाँ डोजो कस्टम–बिल्ट कम्प्युटरले चिप्स र टेस्लाद्वारा डिजाइन गरिएको सम्पूर्ण पूर्वाधार प्रयोग गर्दछ।
कस्टम–बिल्ट सुपर कम्प्युटरले भिडियो डाटा प्रयोग गरेर न्यूरल नेटहरु प्रशिक्षित गर्न टेस्लाको क्षमता बढाउने अपेक्षा गरिएको छ। जुन यसको सेल्फ–ड्राइभिङ प्रयासलाई शक्ति दिने कम्प्युटर भिजन टेक्नोलोजीको लागि महत्वपूर्ण छ।
२०२१ को एआई दिवसमा टेस्लाले डोजो सुपरकम्प्युटर सार्वजनिक गरेको थियो। कम्पनीले सुपरकम्प्युटर समयमा तयार गर्न आफ्नो प्रयासलाई तीब्र गरिरहेको इलेक्ट्रेकले उल्लेख गरेको छ। यसमा हालका लागि पहिलो चिप र प्रशिक्षण टाइलहरू छन् । यसले अझै पूर्ण डोजो क्याबिनेट र क्लस्टर, वा ‘एक्सपोड’ निर्माणमा काम गरिरहेको छ।
एक वर्ष पछि, एआई दिवस २०२२ मा, टेस्लाले पूर्ण सिस्टम ट्रे सहित डोजोमा केही प्रगति सार्वजनिक गरेको थियो। तत्कालिन समयमा अटोमेकरले २०२३ को पहिलो क्वाटरमा फूल क्लस्टर उपलब्ध हुने बताएको थियो।
२०२३ को पहिलो क्वाटरसम्म कम्पनीले डोजो सुपरकम्प्युटरको अपस्थाको बारेमा जानकारी दिएको थिएन।
अहिले टेस्लाले आफ्नो नयाँ टेस्ला एआई ट्टिर अकाउन्ट मार्फत डोजोको अपडेट सेयर गरेको छ।
प्रकाशित: ११ असार २०८०, सोमबार