नेपालमा इलेक्ट्रिक कारको आयात दोब्बरले बढ्यो

  • Technology Khabar | ११ असार २०८०, सोमबार
नेपालमा इलेक्ट्रिक कारको आयात दोब्बरले बढ्यो

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक कारको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको तीन हजार ८७० यूनिट इलेक्ट्रिक कार आयात आयात भएको छ।

इलेक्ट्रिक कारको आयातबाट सरकारले ३ अर्ब ५ करोड ११ लाख ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

गत आवको जेठमा ५ अर्ब ५ करोड १६ लाख १३ हजार रुपैयाँ बराबरको १ हजार ७०४ यूनिट इलेक्ट्रिक कारको आयात भएको थियो।

गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक कार दोब्बर भन्दा बढीले आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात २ हजार १६६ यूनिटले अर्थात १२७.११ प्रतिशतले बढेको छ।

गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात ६ अर्ब १८ करोड ५७ लाख ७९ हजार रुपैयाँले बढेको छ।

नेपालमा ठूलो संख्यामा ० देखि १०० किलोवाट क्षमताको इलेक्ट्रिक कार आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। जेठ मसान्तसम्म ० देखि १०० किलोवाट क्षमताको १० अर्ब ७७ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको ३ हजार ७५२ यूनिट इलेक्ट्रिक कार आएको छ।

१०० देखि २०० किलोवाट क्षमताको ३९ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको १०६ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ।

२०० देखि ३०० किलोवाट क्षमताको ५ करोड ५४ लाख ६८ हजार रुपैयाँ बराबरको १० यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

३०० किलोवाट क्षमता भन्दा माथिको १ करोड ९ लाख ५६ हजार रुपैयाँ बराबरको २ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको छ।

सबैभन्दा धेरै इलेक्ट्रिक कार भारतबाट आयात हुने गरेको छ। भारतबाट ५ अर्ब ९४ करोड १५ लाख २७ हजार रुपैयाँ बराबरको २ हजार २०५ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ।

चीनबाट ३ अर्ब ७५ करोड १५ लाख ४२ हजार रुपैयाँ बराबरको १ हजार २६९ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

नेपालमा अमेरिका, दक्षिण कोरिया, बेलायत र इन्डोनेसियाबाट इलेक्ट्रिक कार आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार