
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२४ सिरिज २०२४ को पहिलो क्वाटरमा आउने अपेक्षा गरिएको छ। सामसङ ग्यालेक्सी एस२४ सिरिज तीन मोडलमा आउने छ। नयाँ रिपोर्ट अनुसार एस२३ लाइनअप जस्तै एस२४ सिरिजमा भेनिला, प्लस र अल्ट्रा मोडलहरु समावेश हुनेछन्।
केही समय अघिको रिपोटमा सामसङ ग्यालेक्सी एस२४ सिरिज तीन मोडलको सट्टा दुई मोडल ग्यालेक्सी एस२४ र ग्यालेक्सी एस२४ अल्ट्रामा उपलब्ध हुने बताइएको छ।
दक्षिण कोरियाली ग्रुपले ग्यालेक्सी एस२४ प्लसलाई छोडेको भनिएको थियो।
साममोबाइल र ग्यालेक्सीक्लबले एस२४ सिरिजलाई सामसङले म्युज कोडनेम राखेको दाबी गरेको छ। स्मार्टफोनका लागि सामसङले तीन फरक कोडनेम म्युज१, म्युज२ र म्युज३ राखेको छ। उक्त रिपोर्टले एस२४ लाइनअपमा प्लस भर्सन समावेश हुने सुझाव दिएको छ।
ग्यालेक्सी एस२४ अल्ट्राको कोडनेम म्युज३ रहेको छ भने ग्यालेक्सी एस२४ र ग्यालेक्सी एस२४ प्लसलाई क्रमशः म्युज१ र म्युज२ कोडनेम दिइएको छ।
रिपोर्टका अनुसार ग्यालेक्सी एस२४ अल्ट्राले ५एक्स अप्टिकल जूमको साथ टेलिफोटो क्यामरा फिचर हुनेछ। ग्यालेक्सी एस२३ अल्ट्रामा दिइएको ३एक्स टेलिफोटो यूनिटलाई प्रतिस्थापना गर्नेछ।
अप्रिलमा सामसङले एस२४ अल्ट्राबाट ३एक्स टेलिफोटो सट्टामा सिंगल भेरियबल फोल्ड टेलिफोटो सहित ३–१०एक्स जुम प्रयोग गर्नेछ।
प्रकाशित: ११ असार २०८०, सोमबार