काठमाडौं महानगरबाट प्रदान गरिने सेवालाई अनलाइन गर्न १५ करोड बजेट विनियोजन

  • Technology Khabar | १० असार २०८०, आईतवार
काठमाडौं महानगरबाट प्रदान गरिने सेवालाई अनलाइन गर्न १५ करोड बजेट विनियोजन

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो सबै सेवाहरुलाई अनलाइन प्रणाली मार्फत प्रवाह गर्ने भएको छ। सबै सेवाहरुलाई अनलाइन प्रणाली मार्फत प्रवाह गर्न महानगरले महानगरको गौरवको योजनाको रुपमा आत्मसात् गरि ‘सुशासनको लागि अनलाइन सेवा’ योजना अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।

यस कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ रकम विनियोजन गरिएको महानगरकी उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा बताइन्।

महानगरका मुख्य सडक, चोक एवं गल्ली समेतमा सर्भिलेन्स क्यामरा जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य शहर बनाउने उद्देश्यले ‘महानगरले देख्छ’ योजनालाई गौरवको कार्यक्रमको रुपमा समावेश गरिएको छ। यस योजनाको लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगर टेलिभिजन स्थापना गर्नका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

सूचना प्रविधि सम्बन्धी सम्मेलन आयोजना गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको डंगोलले बताइन्।

भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजश्व संकलन कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न आवश्यक रकम विनियोजन गरिएको डंगोलले बताइन्।

प्रकाशित: १० असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार