
काठमाडौं ।
नेपालमा स्मार्टवाचको आयात घटेको देखिएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म ३५ करोड १५ लाख ७५ हजार रुपैयाँ यूनिट २ लाख ५९ हजार ४२० यूनिट स्मार्टवाच आयात भएको छ।
स्मार्टवाचको आयात सरकारले राजश्व १० करोड ९२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको छ।
गत आर्थिक वर्ष २०७८/७९ जेठमा ५४ करोड ६५ लाख ९३ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार २७२ यूनिट स्मार्टवाच आयात भएको छ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा स्मार्टवाचको आयात १९ करोड ५० लाख १८ हजार रुपैयाँ अर्थात ३५.७ प्रतिशतले घटेको छ।
रकमसँगै स्मार्टफोनको संख्यामा पनि गिरावट आएको छ। गत आवको तुलनामा १ लाख ३३ हजार ८५२ यूनिटले स्मार्टफोनको आयात घटेको हो।
नेपालमा २४ मुलुकबाट स्मार्टवाच आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
सबैभन्दा धेरै चीनबाट २५ करोड ८० लाख १३ हजार रुपैयाँ बराबरको २ लाख ३५ हजार ४११ यूनिट आयात भएको छ।
भारतबाट ५ करोड ९२ लाख ५ हजार रुपैयाँ बराबरको २२ हजार ८९३ यूनिट स्मार्टवाच भित्रिएको छ।
भियतनामबाट २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको ७८४ यूनिट स्मार्टवाच आएको छ।
प्रकाशित: १० असार २०८०, आईतवार