सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को कभर डिस्प्लेमा गुगल म्याप्स चल्ने

  • Technology Khabar | ९ असार २०८०, शनिबार
सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को कभर डिस्प्लेमा गुगल म्याप्स चल्ने

काठमाडौं ।

आगामी सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को सबैभन्दा महत्त्वपूर्ण अपग्रेडको रुपमा ठूलो कभर डिस्प्ले रहने बताइएको छ। जेड फ्लिप ४ को सानो १.९ इन्च (५१२x२६० पिक्सेल) अब जेड फ्लिप ५ मा जाँदा ३.४ इन्च (७२०x७४८ पिक्सेल) को ठूलो कभर डिस्प्ले समावेश गरिने र सामसङले उक्त कभर डिस्प्लेमा आधारभूत विजेट मात्र नभएर एपहरू पनि चलाउन सक्षम हुनेछ।

कम्पनीले गुगल म्याप्स जस्ता एपहरू समावेश गर्न गुगलसँग काम गरेको बताइएको छ। यद्यपी फोन बन्द हुँदा म्याप्सको कार्यक्षमता कति उपलब्ध हुनेछ भनेर हाल स्पष्ट नभएको र मोटो रेजर ४० अल्ट्रामा जस्तै यो सम्पूर्ण एप हुन सक्ने वा यो ट्रिम डाउन गरिएको संस्करण पनि हुन सक्ने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

क्यामरा पंच होल्स वरिपरि नजाने भएकाले म्याप्स यूआईले रेजरमा समस्याहरूको सामना गर्नुपरेको थियो। साथै यो फोल्डर आकारको कभर डिस्प्ले भएको ग्यालेक्सी जेड फ्लिप५ को लागि पनि समस्या हुनसक्ने उल्लेख छ।

मेसेज र युट्युब लगायत अन्य गुगल एपहरू एक्सटर्नल डिस्प्लेबाट पहुँच गर्न सकिने बताइएको छ। साथै सामसङले उक्त डिस्प्लेमा धेरै वान यूआई एपहरू ल्याउने संभावना छ।

यो सम्भवतः ग्यालेक्सी जेड फ्लिप५ मा कभर डिस्प्ले जत्तिकै कार्यात्मक नहुने भए तापनि नयाँ ३.४ इन्च प्यानल हुने भएकाले फोन कम मात्रै खोल्नु पर्ने बताइएको छ।

सामसङ ग्यालेक्सी जेड फ्लिप५ को संभावित आधिकारिक अनावरण आगामी जुलाई २६ को लागि तय गरिएको छ।

प्रकाशित: ९ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार