टीएसएमसीको २ एनएम चिप्सले स्मार्टफोनलाई फास्ट र थप प्रभावकारी बनाउने

  • Technology Khabar | ९ असार २०८०, शनिबार
टीएसएमसीको २ एनएम चिप्सले स्मार्टफोनलाई फास्ट र थप प्रभावकारी बनाउने

काठमाडौं ।

प्रोसेसर प्रविधि द्रुतरूपमा अगाडि बढिरहेको छ। यसको अर्थ चिपहरू अधिक शक्तिशाली, सानो र अधिक कुशल हुँदै गईरहेको छन्। उदाहरणको लागी आईफोन १४ प्रो म्याक्समा ४ एनएम चिप प्रयोग गरिएको छ।

थ्री एनएम चिपहरू अझै रिलिज नगरिए तापनि टीएसएमसीले हालै मात्र २ एनएम चिपहरूको परीक्षण–उत्पादन गर्ने तयारी सुरु गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

टीएसएमसीले २एनएम चिपहरूको परीक्षण–उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ। सेमीकन्डक्टर उद्योगको लागि यो एक प्रमुख कदम भएको र यसको अर्थ अझ शक्तिशाली र कुशल चिपहरू क्षितिजमा रहेको उल्लेख गरिएको छ।

कम्पनीले ताइवानमा रहेको आफ्नो नयाँ कारखानामा काम गर्नको लागि भनेर एक हजार आर एन्ड डी मानिसहरू पठाएको बताइएको छ। यो सुविधा अझै निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै नै यो पूर्ण भएपछि सेमीकन्डक्टर उत्पादन प्लान्टको यो स्टेट अफ द आर्ट हुने बताइएको छ।  टीएसएमसीले २०२५ मा २एनएम प्रडक्ट्सको ठूलो उत्पादन सुरु गर्ने योजना बनाएको छ।

टीएसएमसीको २एनएम टेक्नोलोजीले स्पिड र पावर खपत दुवैको सन्दर्भमा यसको अघिल्लो ३ एनएम चिप्स भन्दा उल्लेखनीय रूपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। समान पावर भोल्टेज प्रयोग गर्दै २ एनएम चिप आफ्नो ३ एनएम समकक्षहरू भन्दा १०–१५ प्रतिशतले छिटो हुने बताइएको छ। त्यसैगरी समान गतिमा सञ्चालन गर्दा २ एनएम चिपले ३एनएम चिपको भन्दा २५–३० प्रतिशत कम पावर खपत गर्ने उल्लेख गरिएको छ।

साथै यस चिपलाई प्रयोग गरिएको खण्डमा चिपको एडभान्समेन्टहरूले कम ऊर्जा खपत गर्दै फास्टर प्रोसेसिङ्ग स्पिड प्रदान गरेर डिभाइसहरूको प्रदर्शनलाई बढावा दिने अपेक्षा गरिएको छ।

२ एनएम उत्पादनको तयारीका लागि टीएसएमसीको कदम सुरुमा सामान्य लागेतापनि वास्तवमा यो निकै महत्त्वपूर्ण हो। टीएसएमसीले एप्पल र एनभिडिया लगायत दर्जनौं टेक जायन्टरूका लागि चिप्स उत्पादन गर्ने गरेको उल्लेख गरिएको छ। साथै २एनएम उत्पादनले धेरै शक्तिशाली फोनहरू, कम्प्युटर्स, ग्राफिक्स कार्ड, र गेमिङ्ग कन्सोलहरू ल्याउन सक्ने सम्भावना रहेको बताइएको छ।

यो चिप्सको सानो आकार र कम ऊर्जा खपतले ओभरहिटिङ्ग समस्याहरू हटाउन मद्दत गर्न सक्ने उल्लेख छ। साथै यसले ह्यान्डहेल्ड कन्सोल र गेमिङ्ग ल्यापटपहरूलाई थप स्थिर र भरपर्दो बनाउन सक्ने बताइएको छ।

प्रकाशित: ९ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार