
काठमाडौं ।
बोल्टले चाँडै नै आफ्नो नयाँ स्ट्यान्डिङ इलेक्ट्रिक स्कुटर बजारमा ल्याउने भएको छ। नयाँ बोल्ट ६ ई–स्कुटरमा अघिल्लो पुनरावृत्ति भन्दा लामो लाईफ साइकल (जीवन चक्र) र रेञ्ज (दायरा) हुने उल्लेख छ। साथै बोल्ट ६ स्कूटर ब्रान्डको सबैभन्दा टिकाउ मोडल भएको कम्पनीले बताएको छ।
इस्टोनियन माइक्रो–मोबिलिटी फर्मले विभिन्न बजारहरूमा आफ्नो सञ्चालन विस्तार र विकास गर्न जारी राखेको छ। बोल्ट ६ को विकासको मतलब यस मोडेलको जीवनकाल ८ वर्षसम्म विस्तार गरिएको र यसको पूर्ववर्तीको भने जम्मा ५ वर्ष मात्र रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
बोल्ट ६ मा १२–इन्चको ठूलो प्रम्ट ह्वील र फराकिलो फ्लोरबोर्ड समावेश गरिएको छ। यस स्कुटरमा स्वेप्ट ह्यान्डलबार्स र लोअर सेन्टर अफ ग्य्राभिटि फिचर गरिनुका साथै स्कुटरको ब्याट्री फ्लोरबोर्ड मुनि समावेश गरिएको बताइएको छ।
बोल्ट ६ को अल्ट्रा–लो सेन्टर अफ ग्य्राभिटी डिजाइनले ईभीलाई स्थिरता प्रदान गर्ने बताइएको छ। बोल्ट ६ को रेञ्ज (दायरा) ५५ माइल (८९ किलोमिटर) रहेको र कम्पनीले युरोपका लिस्बन, रिगा र टालिनमा ईभीको पहिलो १,००० यूनिट्स तैनाथ गर्ने आशा गरेको उल्लेख छ। त्यस पश्चात अन्य युरोपेली शहरहरूमा पनि रोलआउट गरिने बताइएको छ।
त्यसैगरी बोल्टले हाल युरोपका २६० सहरहरुमा काम गरिरहेको छ । नयाँ बोल्ट ६ ई–स्कुटर सहर र राइडर्सको आवश्यकतालाई सम्बोधन गर्न डिजाइन गरिएको बोल्टले बताएको छ। साथै इन–हाउस डिजाइन र विकास टोलीसँग सफ्टवेयर र हार्डवेयरको पूर्ण नियन्त्रण भएको थप उल्लेख गरिएको छ।
बोल्ट ६ मा यसको अघिल्लो पुनरावृत्ति भन्दा बढि उन्नत सेन्सर र जीपीएस प्रणाली हुनुका साथै ई–स्कुटरका प्रयोगकर्ताहरूको लागि समग्र सुरक्षा प्रदान गर्ने बताइएको छ। बोल्ट ६ ले ई–स्कूटरको परिवेशको विश्लेषण गर्न र ईभी फुटपाथमा प्रयोग भइरहेको छ वा गलत रूपमा भनेर पत्ता लगाउनको लागि एआई र अन्य धेरै फङ्गसनालिटि प्रयोग गर्ने बताइएको छ।
प्रकाशित: ९ असार २०८०, शनिबार