डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा सरकारको जोडः प्रधानमन्त्री दाहाल

  • Technology Khabar | ८ असार २०८०, शुक्रबार
डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा सरकारको जोडः प्रधानमन्त्री दाहाल

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डिजिटल डिभाइडलाई कम गर्ने र डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय भएको बताएका छन्।

‘डिजिटल नेपाल कनक्लेभ २०२३’ का अवसरमा शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

”तर पनि नेपालको भौगोलिक अवस्था, श्रोतसाधनको कमी, दक्ष जनशक्तिको अभाव तथा कतिपय नीतिगत कठिनाइले सोचेअनुरुप विकास हुन नसकेको यथार्थ हाम्रासामु छ,” प्रधानमन्त्रीले भने, ”हाम्रो अपेक्षा र सोच आर्टिफिसिएल इन्टेलिजेनस (एआई) जस्तै द्रूत भए पनि स्रोतसाधन, संरचना र कार्यशैली भने त्यस अनुरुप छैनन्।”

यसतर्फ विशेष ध्यान दिएर राष्ट्रलाई डिजिटल सक्षमतातर्फ विकास गर्नु जरुरी रहेको उनले बताए।

पछिल्लो समयमा आइसिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु हाम्रो सबल पक्ष हो। यसले सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खोलेको उनको दाबी छ। तर स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेको गम्भीर तथ्यप्रति पनि प्रधानमन्त्री सचेत छन्।

“यो अवस्थाको गम्भीरता महसुस गरेर सरकारले बजेटमार्फत २० प्रतिशत महँगो भएपनि स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था र आविष्कार, स्टार्टअप र इनोभेसनका क्षेत्रमा कूल विकास बजेटको १ प्रतिशत विनियोजन गरिएको छ,” प्रधानमन्त्रीले भने।

कार्यक्रममा युवा तथा यस क्षेत्रका आइटी विज्ञहरुलाई स्वदेशमै इनोभेसन, हार्डवेयर र नेपालको मौलिकता, विशेषता र आवश्यकता अनुरुपका सफ्टवेयर र अन्य प्रविधिहरु विकासमा लाग्न उनले आग्रह गरे। यस्ता कार्य गर्नेलाई सरकारले पूर्ण सहयोग गर्ने उनले आवश्वासन दिए।

आइसिटी तथा डिजिटल प्रविधिको इनोभेसन, विकास र सही उपयोगबाट हामीले खोजेको विकास र समृद्धिको लक्ष्य हासिल हुने उनको विश्वास छ।

सरकारले नागरिकलाई प्रदान गर्ने सेवा तथा सूचनाको परम्परागत ढाँचालाई परिवर्तन गर्नैपर्ने अनिवार्यतालाई महसुस गरेको बताउँदै उनले भने, ”पासपोर्ट, राष्ट्रिय परिचयपत्र, लगायत अन्य अत्यावश्यक सेवाहरुलाई झन्झटमुक्त बनाउन प्रयास गरिएका छन्। यसले नियकाय पिच्छे सेवाका लागि घण्टै लाइन लाग्नु पर्ने बाध्यता अन्त्य हुँदैछ।”

कनक्लेभमा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सञ्चार सचिव कृष्ण बहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जित पोदारलगायतले मनतव्य राखेका थिए।

मोबाइल नेपाल कंग्रेस

डिजिटल नेपाल कनक्लेभ २०२३ मा ह्वावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) पनि आयोजना गरेको छ। विश्वव्यापी रुपमा प्रयोग भइरहका नेपालका सान्दर्भिक र व्यवसायकि रुपमा अपनाउन सकिने आविष्कार र समाधानहरु एमएनसी प्रदर्शन गरिएको छ।

ह्वावेले गीगाभर्स इनिसिएटिभ (Gigaverse Initiative), अल्ट्रा अटोमेसन स्पिडअप (Ultra-automation Speed Up), इन्टेलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क (Intelligent Computing & Network) लाई सेवाको रूपमा, डिफरेन्सिएटेड एक्सपेक्टेसन अन डिमान्ड (Differentiated Expectation on Demand),लगायत एमएनसीमा प्रदर्शन गरिएको छ।

कनक्लेभको आयोजना स्थलमा ह्वावेले प्यालिभियन तयर गरेर एमएनसी आयोजना गरेको छ।

प्रकाशित: ८ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...