
काठमाडौं ।
पब्जी मोबाइल नेपाल सिरिजको फाइनल आजदेखि सुरु हुँदैछ। नेपालको सर्वाधिक पुरस्कार राशीको पब्जी मोबाइल सिरिज शुक्रबारदेखि आइतबारसम्म आयोजना हुँदैन।
कुल १० लाख पूरस्कार राशीका लागि नेपालका उत्कृष्ट १६ टिमले तीन दिनसम्म प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा कुल १५ खेल हुनेछ र प्रत्येक दिन पाँच खेलाइन्छ।
फाइनलमा शीर्ष दुई स्थानमा आउने टिमले ठूलो पूरस्कार राशी प्राप्त गर्नुका साथै पीएमपीएल साउथ एशियाका लागि छनोट पनि हुनेछन्। विजेताले ३ लाख २० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
तेस्रो हुने टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। फाइनल खेल्ने टिमले आफूले हासिल गर्ने अंक तालिका आधारमा न्यूनतम १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रकाशित: ८ असार २०८०, शुक्रबार