Technology Khabar ८ असार २०८०, शुक्रबार
काठमाडौं ।
एप्पलले भिजन प्रो हेडसेट लन्चका बेला, ग्राहकहरू भिजन प्रोसँग के बन्डलिङ हुनेछ भनेर जान्न उत्सुक भइरहेको बताइएको छ।
टेक जायन्टले यस ग्राउन्डब्रेकिंग डिभाइसको बारेमा सबै जानकारी नदिएपनि यसले फिटनेस, स्वास्थ्य र थप क्षेत्रहरूमा अपार सम्भावनाहरू राख्ने बताइएको छ।
त्यस्तै एप्पलमा काम गरेका इन्साइडरहरूले भिजन प्रोलाई सुरुमा फिटनेस तथा स्वास्थ्य एप्लिकेसनहरूमा क्रान्तिकारी परिवर्तन गर्ने प्लेटफर्मको रूपमा परिकल्पना गरिएको बताएका छन्।
यसका धेरै सुविधाहरू मध्येमा नाइक जस्ता प्रसिद्ध खेलकुद ब्रान्डहरूसँग सहकार्य गर्ने योजनाहरू रहेको तथा खेलसँग सम्बन्धित सामग्री तथा इन्टेन्स वर्कआउटका लागि उपयुक्त विशेष फेस प्याडहरू प्रदान गर्ने बताइएको छ। यद्दपी, एप्पलको भर्खरैको एक कथनले फुल- बडी ट्र्याकिङ, प्रयोगकर्ताको शरीर र हातका चालहरू क्याप्चर गर्ने सुविधा, अर्को वर्ष हेडसेटको रिलीजमा उपलब्ध हुने संकेत नभएको बताइएको छ।
साथसाथै, यस्तो सुविधा भविष्यमा सफ्टवेयर अपडेटमार्फत उपलब्ध गराउन सकिनेछ ।
एप्पलले हेडसेटको लागि आफ्नो भिजन ओएस सफ्टवेयरलाई पूर्ण बनाउन चाहेकाले केहि फङ्सनहरु अझै विकसित हुनसक्ने पनि बताइएको छ। त्यस्तै, एप्पलले एप्पल टिभीमा प्रयोगकर्ताहरूलाई अन्य जस्तै इमर्सिभ अनुभव दिने वाचा गर्दै थ्रीडी सामग्रीको बारेमा आगामी घोषणामा संकेत गरेको उल्लेख छ।
यद्यपि भिजन प्रोले योजना अनुसार यसको सबै प्रारम्भिक गेमिङ क्षमताहरू प्रदान गर्न नसके पनि भिजन ओएस प्रणाली बुस्ट गर्दै प्रयोगकर्ताहरूलाई अनप्यारालल भर्चुअल रियालिटी तथा अग्मेन्टेड रियालिटी रिलीम्सहरुमा ट्रान्सपोर्ट गर्ने वाचा गरेको छ। एप्पलको मिक्स्ड रियालिटी हेडसेट २०२४ को प्रारम्भमा बजारमा उपलब्ध हुने तय भएको छ।
प्रकाशित: ८ असार २०८०, शुक्रबार