माइक्रोनको २.७ बिलियन डलरको चिप परीक्षण प्लान्टलाई भारतको अनुमति

  • Technology Khabar | ७ असार २०८०, बिहीबार
माइक्रोनको २.७ बिलियन डलरको चिप परीक्षण प्लान्टलाई भारतको अनुमति

काठमाडौं ।

भारतको मन्त्रिपरिषद्ले अमेरिकी चिप निर्माता माइक्रोन टेक्नोलोजीको नयाँ सेमीकन्डक्टर परीक्षण र प्याकेजिङ इकाईका लागि २.७ बिलियन डलरको योजनालाई अनुमोदन गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमण अघि मोदीको गृह राज्य गुजरातमा निर्माण हुन लागेको प्लान्टका लागि सरकारले ११० अर्ब रुपैयाँ (१.३४ बिलियन डलर) को उत्पादन-सम्बन्धित प्रोत्साहनमा सहमति जनाएको भारतीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले लेखेको छ।

यसमा लगानीको करिब ५० प्रतिशत प्रोत्साहन अनुदान रकम हासिल बताईएको छ।

यस बारेमा मोदीको भ्रमणको क्रममा योजनाबद्ध घोषणा हुने बताईएको छ।

प्रोत्साहन प्याकेजको आकारका कारण मन्त्रिपरिषद्को स्वीकृति आवश्यक थियो। माइक्रोनको योजना पहिले रिपोर्ट गरिएको थियो तर क्याबिनेट द्वारा अनुमोदन भएको थिएन।

माइक्रोनको एसेम्बली टेस्टिङ मार्किङ र प्याकेजिङ सानन्द सहरमा निर्माण गरिने बताईएको छ।

त्यस्ता इकाईहरूले अर्धचालक चिपहरू परीक्षण र प्याक गर्छन्, तर तिनीहरूलाई उत्पादन गर्दैनन्। माइक्रोनले प्लान्टमा ग्राहकहरूको लागि चिप खरिद गर्न र प्याकेज गर्न सक्छ, वा अन्य कम्पनीहरूले ढुवानी अघि परीक्षणको लागि तिनीहरूको चिपहरू पठाउन सक्छन्।

प्रकाशित: ७ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार