
काठमाडौं ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गो चाँडै नै युरोपेली बजारमा उपलब्ध हुने संकेतहरू देखा परेको बताइएको छ। यस स्ट्यान्डिङ ई–स्कुटरमा २५० वाटको मोटर जडान गरिएको र एक पटकको सिङ्गल चार्जमा ११ माइल (१८ किलोमिटर) सम्मको रेञ्ज (दायरा) प्रदान गर्ने उल्लेख छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गो ले पहिले नै ईयू डिक्लेरेसन अफ कन्फर्मिटी र ब्लुटुथ सर्टिफिकेसन्स (प्रमाणपत्रहरू) प्राप्त गरिसकेको छ।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गो पोल्याण्ड र हंगेरीका केही खुद्रा विक्रेताहरूको सूचीमा पनि देखा परेको गीज्मोचाइनामा उल्लेख गरिएको छ। ईयू कन्फर्मिटी सूचीले डीडीएचबीसी२९एनईबी, डीडीएचबीसी३०एनईबी र डीडीएचबीसी३२एनईबी नम्बरहरूसहितको तीन ओटा मोडलहरू स्पेसिफाईड गरेको छ।
यद्यपी हालको समयमा उक्त तीन मोडलहरूलाई एकअर्कादेखि फरकरुपमा चिनाउने फिचर्सको बारेमा कुनै पनि जानकारी उपलब्ध छैन्। यस वर्षको सुरुमा शाओमी इलेक्ट्रिक स्कूटर गो ब्लुटुथ सर्टिफिकेसन्स सूचीमा देखा परेको थियो।
शाओमी इलेक्ट्रिक स्कूटर ४ गो क्रमशः पोल्याण्ड र हंगेरीको बाटना२४ डटकम र ईम्याग वेबसाइटहरूमा सूचीबद्ध गरिएको बताइएको छ। प्रोडक्ट लिस्टिङ्ग (उत्पादन सूची)ले किक स्कूटर २५० वाटको मोटरले सुसज्जित रहेको संकेत गरेको र यसले २० किलोमिटर प्रति घण्टाको उच्च गति प्रदान गर्ने बताइउको छ। साथै यस स्कूटरमा रहेको बिल्ट–इन ब्याट्रीले एक पटकको सिङ्गल चार्जमा १८ किलोमिटर माइलेज दिने उल्लेख छ।
स्कूटरमा ड्रम ब्रेकिङको साथमा ई–एबीएस को संयोजन गरिएको उल्लेख छ। साथै स्कूटरको काइनेटिक इनर्जी रिकभरी सिस्टम (केईआर) ले सवारी गर्दा दायरा विस्तार गर्न मद्दत गर्ने बताइएको छ। स्कुटरका अन्य विशेषताहरूमा इन्टिग्रेटेड डिस्प्ले, हेडलाइट, रियर लाइट र ब्लुटुथमार्फत एप कनेक्टिभिटी रहेको उल्लेख गरिएको छ। साथै सवारी अनुगमन गर्न र सेटिङहरू समायोजन गर्न कम्प्यानियन एप पनि प्रयोग गर्न सकिने बताइएको छ।
शाओमी इलेक्ट्रिक स्कुटर ४ गो को दुई पूर्वी–युरोपियन देश हंगेरी र पोल्याण्डमा मूल्य निर्धारण ३४८ युरो र ४५८ युरोको बीचमा रहेको बताइएको छ।
प्रकाशित: ७ असार २०८०, बिहीबार