२०२३ को पहिलो त्रैमासमा अन्य १८ कम्पनीहरूको संयुक्त बिक्री भन्दा टेस्लाको ईभी बिक्री धेरै

  • Technology Khabar | ७ असार २०८०, बिहीबार
२०२३ को पहिलो त्रैमासमा अन्य १८ कम्पनीहरूको संयुक्त बिक्री भन्दा टेस्लाको ईभी बिक्री धेरै

काठमाडौं ।

विद्युतीय सवारी साधनहरुको लोकप्रियता दिनानुदिन बढ्नेक्रममा रहेको छ। कुनै समय महँगोका साथै भरपर्दो नमानिएको प्राविधि अहिले सस्तो र धेरै प्राविधिक समस्याहरूबाट मुक्त भएको उल्लेख छ। त्यसैले चर्चित इभी कम्पनी टेस्लाले बजारमा अग्रता हासिल गरिरहेको छ।

सन् २०२३ मा अन्य १८ अटोमोटिभ समूहहरूको संयुक्त बिक्री भन्दा टेस्लाले धेरै ईभी बिक्री गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

टेस्ला अझै पनि अमेरिकी इलेक्ट्रिक भेहिकल बजारको शीर्षमा रहेको उल्लेख गरिएको छ। २०२३ को पहिलो त्रैमास (क्यू१) मा कम्पनीले अन्य १८ अटोमोटिभ समूहहरू (जस्तैः–हुन्डाई, अडी, बीएमडब्ल्यू, भोल्भो र निसान) ले भन्दा बढी ईभी बिक्री गरेको उल्लेख छ। र १८ अन्य कम्पनीहरूले टेस्लाको बिक्रीसँग मेल खान नसकेको बताइएको छ।

टेस्लाको वार्षिक बिक्री दर ७९ प्रतिशतले बढेको र १ लाख ८४ हजार ८०० यूनिट्स पुगेको बताइएको छ। त्यसैगरी समग्र ईभी बजार भने ७४ प्रतिशतले बढेको उल्लेख छ। मोडल वाई पहिलो त्रैमासिकमा अमेरिकामा सबैभन्दा धेरै बिक्रि हुने ईभी भएको र त्यसपछि मोडल ३ रहेको बताइएको छ। उक्त दुई मोडलहरूले मात्रै त्रैमासिकमा टेस्लाको बिक्रीको आधाभन्दा बढी हिस्सा ओगटेका उल्लेख गरिएको छ।

अमेरिकी ईभी बजारको बलियो वृद्धि सरकारी प्रोत्साहन, बढ्दो उपभोक्ता माग र ईभी मोडलहरूको बढ्दो उपलब्धता सहित धेरै कारकहरूद्वारा संचालित भइरहेको बताइएको छ। अमेरिकी सरकारले ईभीको खरिदका लागि ७,५०० डलरसम्मको कर क्रेडिट प्रदान गर्नुका साथै अन्य राज्यहरूले थप प्रोत्साहनहरू पनि प्रदान गर्ने बताइएको छ।

उपभोक्ताहरूका माझमा लोकप्रिय छनोट हुनुको अलावा ईभीहरू वातावरणमैत्री पनि हुने उल्लेख गरिएको छ। ईभीहरूले जीरो–इमिसन (शून्य उत्सर्जन) उत्पादन गर्ने र यसले वायु प्रदूषण र हरितगृह ग्यास उत्सर्जन कम गर्न मद्दत गर्ने बताइएको छ। टेस्ला अमेरिकामा अग्रणी ईभी निर्माता भएतापनि विश्वको सबैभन्दा ठूलो कम्पनी भने नभएको उल्लेख छ। उक्त दाबी अधिकार चिनियाँ कम्पनी बीवाईडीको रहेको छ।

प्रकाशित: ७ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार