सामसङले ४० प्रतिशत डाउनपेमेन्ट र शुन्य ब्याजमा स्मार्टफोन दिने

  • Technology Khabar | ७ असार २०८०, बिहीबार
सामसङले ४० प्रतिशत डाउनपेमेन्ट र शुन्य ब्याजमा स्मार्टफोन दिने

काठमाडौं ।

सामसङले आफ्ना उपभोक्ताहरुका लागि शुन्य प्रतिशत ब्याज दर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकहरुका लागि लागू गरिएको छ। यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरुले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्टफोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको बताएको छ।

कम्पनीले ग्राहकहरुलाई ४० प्रतिशत डाउनपेमेन्ट गरेपछि बाँकी ६० प्रतिशत इन्स्टलमेन्टमा रकम चुक्ता गर्न सकिने सुबिधा दिनेछ। यस्तो इन्स्टलमेन्ट २४ महिनासम्म हुने जानकारी सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बुधबार आयोजित घोषणा कार्यक्रममा जानकारी दिए।

मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाको कारण बाँधिएका छन्। यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पुर्याउन हुलास फिन सर्भ (एचएफएल) संगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको छ। सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ आज आफ्नो ग्राहकहरु कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं। हामी उनीहरुको आवश्यकता र जरुरतलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो। सामसङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ।”

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० ओटा भन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ। यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लग्ने योजना सामसङको रहेको छ। यो एक अत्यन्त महत्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्याउन शुरु गरेको छ। ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो।

सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?

यो अत्यन्त सरल, झन्झटरहित, र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुरुत पर्ने छैन। ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानु पर्नेछ।

यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणिकरण भएपछि ग्राहकहरुले कानूनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ, त्यसपश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन्।

यो कार्यक्रम ग्राहकहरु र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुनेछ। ग्राहकहरुले सजिलै ऋण सुविधा पहुँच गर्न सक्दछन, न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरु खरिद वा अपग्रेड गर्न सक्दछन भने स्मार्टफोन रिटेलरहरु पनि अझै धेरै स्मार्टफोन बेचेर आफ्नो ब्यापार वृद्धि गराउन सक्नेछन्। यसर्थ, यो सबैका लागि जितै जितको अवस्था हो।

प्रकाशित: ७ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार