काठमाडौं महानगरले फाइबर र केबल विस्तार गर्न डक्ट निर्माण गर्ने

  • Technology Khabar | ६ असार २०८०, बुधबार
काठमाडौं महानगरले फाइबर र केबल विस्तार गर्न डक्ट निर्माण गर्ने
फाइल तस्विर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले प्रमुख सडकहरुमा फाइबर र अन्य केबल विस्तार कार्यका लागि डक्ट निर्माण गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ल्याएको नीति तथा कार्यक्रम डकट निर्माण गर्ने बताइएको छ।

साथै सेयर्ड इन्फ्रास्ट्रक्चरको अवधारणा अनुरुप युटिलिटी सेयरिङ कार्यविधि तयार गरी कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गरी अव्यवस्थित रुपमा रहेका तारहरुको उचित व्यवस्थापन गरिनेछ।

प्रकाशित: ६ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...