
काठमाडौं ।
सुजुकी मोटरले फ्लाईङ कार बनाउनका लागि स्काईड्राइभसँग साझेदारी गरेको छ। इलेक्ट्रिक भर्टिकल टेक अफ तथा ल्याडिङ एयरक्राफ्टका लागि दुबै कम्पनीले मध्य जापानमा स्थित सुजुकी मोटरको फ्क्याट्री उपयोग गर्नेछन्।
एयरक्राफ्टको उत्पादन २०२४ को अन्त्यतिर सुरु गर्ने योजनामा दुबै कम्पनी रहेका छन्। यस साझेदारी अन्तर्गत स्काईड्राइभले एक सब्सिडरी बनाउँनेछ जसले एयरक्राफ्ट तयार गर्नेछ। सुजुकीले निर्माण तयारीमा मद्दत गर्नेछ।
स्काईड्राइभको मुख्यालय मध्य जापानको टोयोटा शहरमा छ। कम्पनीले गत वर्षको मार्चमा सुजुकीसँग फ्लाईङ कारको रिसर्च, डेभलपेन्ट तथा माकेर्टिङका लागि साझेदारी गरेको थियो। दुबै कम्पनीले नयाँ बजारमा ध्यान दिने बताएका छन्।
यस नयाँ डीका साथ जापानी आटो निर्माता कम्पनी अटोमोबाइल, दुई पांग्रे तथा आउटबोर्ड मोटर्सका साथ चौथो मोबिलिटी बजिनेसमा प्रवेश गर्दैछ। यो सुजुकी मोटरका लागि नयाँ अनुभव हुनेछ।
स्काईड्राइभले कम्प्याक्ट, दो सिटर इलेक्ट्रिक पावरको फ्लाईङ कार विकास गर्न सुरु गरेको छ। कम्पनी कारलाई पूर्ण क्षमतामा उत्पादन गर्ने योजनामा छ। रिपोर्टका अनुसार यस कार विकासमा सुजुकी हिस्सेदार हुने वा नहुने स्पष्ट छैन।
फ्लाईङ कार भविष्यको मोबिलिटीको प्रमुख हिस्सा हुने विश्वास गरिएको छ। पछिल्लो समय धेरै ठूला कम्पनीहरु फ्लाईङ कार विकास गर्ने अभियानमा छन्। केही कम्पनीले फ्लाईङ कारको विकास सुरु गरिसकेका छन् भने केही मोडल्सले आकार पनि लिई सकेका छन्।
यस दशकको अन्त्यसम्म फ्लाईङ कार देख्न सकिने विश्वास गरिएको छ। धेरै कम्पनीले फ्लाईङ कारको विकास पूरा गरिसकेका छन् भने केही वर्ष भित्रमा उत्पादन सुरु गरिनेछ। यस्तोमा स्काईड्राइले आफ्नो फ्लाईङ कारको उत्पादन कहिले सुरु गर्नेछ।
प्रकाशित: ६ असार २०८०, बुधबार