अपग्रेड गरिएको चिपको साथ ४३ इन्चको नयाँ शाओमी टिभी सार्वजनिक 

Technology Khabar ६ असार २०८०, बुधबार

काठमाडौं ।

शाओमीले चीनमा शाओमी टिभी ईए४३ २०२३ नामक नयाँ बजेट स्मार्ट टिभी लन्च गरेको छ। साथै उक्त नयाँ स्मार्ट टिभी पहिले नै अवस्थित २०२२ मोडलको २०२३ संस्करण रहेको उल्लेख छ।

पछिल्लो टेलिभिजनको लागत यसको पूर्ववर्ती जस्तै रहनुका साथै यसको सबै फिचर्सहरू पनि लगभग समान रहेको बताइएको छ। साथै यस पछिल्लो टेलिभिजनमा केवल एउटा उल्लेखनीय अपग्रेडको गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

शाओमी टिभी ईए४३ लाई सोमबार आधिकारिक गरिएको थियो। साथै उत्पादनको बारेमा सामाजिक सञ्जालमा घोषणा नगरिएको उल्लेख छ। यस टेलिभिजनलाई सिधै अनलाइन रिटेलरको वेबसाइटमा सूचीबद्ध गरिएको बताइएको छ।

आफ्नो पूर्ववर्ती जस्तै, यस टेलिभिजनमा मेटल फ्रेम र १०८०पिक्सेल (एफएचडी) स्क्रिन फिचर गरिएको छ। साथै प्यानलको मापन डायगोनल्ली ४३ इन्चको साथ ९६.७ प्रतिशत स्क्रिन–टू–बडी रेसियो (अनुपात) रहेको बताइएको छ।

एलईडी–ब्याकलिट एलसीडी स्क्रिनमा १९२०x१०८० पिक्सेल्सको रिजोल्युसन र ६० हर्ज रिफ्रेस रेट रहेको छ। यद्यपी एचडीआरको लागि कुनै समर्थन नभएको र हेर्ने कोण भने १७८ डिग्रि रहेको छ।

यसबाहेक, टिभी एक अज्ञात ६४–बिट चिपसेटद्वारा संचालित रहेको र टिभीमा १जीबी र्याम र ८ जीबी भण्डारण पनि समावेश गरिएको छ। त्यसै गरी अघिल्लो मोडल भित्र रहेको डुअल–कोर एमलोजिक चिपको सट्टा नयाँ टेलिभिजनमा क्वाड–कोर चिपमा अपग्रेड गरिएको बताइएको छ।

नयाँ टेलिभिजनमा समावेश गरिएको एक उन्नत चिपसेटको कारण यस टेलिभिजनले डुअल–ब्यान्ड वाइफाइ समर्थन गर्ने बताइएको छ। यद्यपी यसको पूर्ववर्तीमा भने उक्त डुअल–ब्यान्ड वाइफाइ समर्थन नभएको उल्लेख छ। त्यसैगरी टेलिभिजनमा ब्लुटुथ, २एक्स एचडीएमआई, एभी, २ एक्स यूएसबी, एस/पीडीआईएफ, एन्टेना र इथरनेट पनि रहेका छन्।

टेलिभिजनले टिभी ३.० को लागि एमआईयूआई बुट गर्ने र डीटीएस–एचडीको लागि समर्थन सहित ८ वाटको दुई स्पिकरहरू रहेको छ।

शाओमी टिभी ईए४३ २०२३ को मूल्य चीनमा ७९९ युआन (११० डलर) रहेको बताइएको छ। साथै टेलिभिजन हाल शाओमी युपिनमा सेलको लागि राखिएको उल्लेख छ। आगामी दिनहरूमा अन्य खुद्रा विक्रेताहरूबाट टेलिभिजन उपलब्ध हुने बताइएको छ।

अन्य शाओमी टिभी ईए मोडलहरू जस्तै यो नयाँ टेलिभिजन पनि विश्वव्यापी बजारहरूमा रिलीज नगरिने सम्भावना रहेको उल्लेख छ।

प्रकाशित: ६ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया