सरकारका सबै वेबसाइटहरु साँझदेखि डाउन, वेबसाइट नचल्दा जानकारी र सेवा लिन कठिनाई

  • Technology Khabar | ५ असार २०८०, मंगलवार
सरकारका सबै वेबसाइटहरु साँझदेखि डाउन, वेबसाइट नचल्दा जानकारी र सेवा लिन कठिनाई

काठमाडौं ।

सरकारका सबै वेबसाइटहरु मंगलबार साँझदेखि डाउन भएका छन्।

‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइटहरु नखुलेपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा ठप्प भएको हाे।

जीआईडिसीमा होस्ट भएका सबै वेबसाइटहरु डाउन भएको देखिएको छ।तर के कारणले डाउन भयो भन्ने कुनै जानकारी छैन्।

यसअघि पनि पटक पटक  जीआईडीसीमा राखिएका सरकारी सेवाका वेबसाइटहरु डाउन हुँदै आएका थिए।

हाल प्रधानमन्त्री कार्यालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलगायतका वेबसाइटहरु डाउन भएका छन्। जसले गर्दा यी वेबसाइटहरुबाट सेवा लिन कठिनाई भएको छ।

अझ यहिँ होस्ट भएका सरकारी संचारमाध्यम गोरखापत्र, नेपाल टेलिभिजन र रेडियो नेपालको पनि वेबसाइट पहुँच बिहिन भएका देखिन्छन्।

प्रकाशित: ५ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...