कनेक्टआईपीएसको ‘रिफर अ फ्रेण्ड २.०’ अफर, रिफर गर्नेलाई २५ र रेफरीलाई ५० रुपैयाँ

  • Technology Khabar | ५ असार २०८०, मंगलवार
कनेक्टआईपीएसको ‘रिफर अ फ्रेण्ड २.०’ अफर, रिफर गर्नेलाई २५ र रेफरीलाई ५० रुपैयाँ

काठमाडौं ।

कनेक्टआईपीएसको ‘रिफर अ फ्रेण्ड २.०’ अफर अन्तर्गत कनेक्टआईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन्।

उक्त अफर अन्तर्गत २०८०, असार ५ गते देखि असार ३१ गतेसम्म रेफररले आफ्नो बैंक खाता भेरिफाई गराएपछि २५ रुपैयाँ र रेफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

अफरको फाइदा लिन रेफररले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रेफर कोड दिनुपर्ने हुन्छ। रेफरीले भने कनेक्टआईपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात रेफररले २५ रुपैयाँ आफ्नो बैंक खातामा र रेफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ। रेफररले आफ्नो रिफरल कोडसँगै लिंक पनि शेयर गर्न सक्नेछ र रेफरीले उक्त लिंक क्लिक गरी कनेक्टआईपीएस वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ।

रेफरीको लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रेफरीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

कनेक्टआईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो। कनेक्टआईपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ। यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपालपे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्टआईपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत ३ हजार ६२६ अर्ब रुपैयाँ बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ।

प्रकाशित: ५ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...