मोबाइल डिभाइसको लागि सोनीको नयाँ ५० मेगापिक्सेलको लिटिया ईमेज सेन्सर घोषणा

  • Technology Khabar | ५ असार २०८०, मंगलवार
मोबाइल डिभाइसको लागि सोनीको नयाँ ५० मेगापिक्सेलको लिटिया ईमेज सेन्सर घोषणा

काठमाडौं ।

गत नोभेम्बर २०२२ मा सोनीले विशेष रूपमा मोबाइल डिभाइसहरूको लागि निर्मित आफ्नो नयाँ रेञ्ज (दायरा) को ईमेज सेन्सरहरूको नयाँ लिटिया ब्रान्डिङको आधिकारिक रूपमा अनावरण गरेको थियो।

हालै कम्पनीले अन्ततः यस नयाँ लाइनअपबाट केही नयाँ ईमेज सेन्सरहरू प्रकट गरेको गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।

यसअघि कम्पनीले आफ्नो नवीनतम र सबैभन्दा उन्नत ईमेज सेन्सर्सको लागि आफ्नो आईएमएक्स सिरिज प्रदान गरेको थियो। साथै कम्पनीले अब आफ्नो ईमेज सेन्सर लाइनअप विस्तार गरिरहेको देखिएको र उक्त ईमेज सेन्सरहरु विभिन्न मोबाइल प्लेटफर्महरूमा प्रदान गरिने बताइएको छ।

यद्यपि, नयाँ लिटिया ब्रान्डले अन्ततः आईएमएक्स सिरिजलाई प्रतिस्थापन गर्नेछ वा यसको साथमा सह–अस्तित्व गर्नेछ भनी अझै अस्पष्ट रहेको उल्लेख छ। सोनीको सेमीकन्डक्टर सलुसन्स यूनिटले नयाँ सेन्सर्स लन्च गर्नेछ जुन लाइनअपमा प्रभावकारी रूपमा ५० मेगापिक्सेलको हुने बताइएको छ।

आधार मोडल नयाँ एलवाईटी५०० मा ०.६ माइक्रोन पिक्सेल्सको साथ सानो १/२.९३ इन्च सेन्सर रहेको छ। अर्कोतर्फ, हाईयर ईन्ड एलवाईटी७०० एडीआर सक्षम रहनुका साथै १/१.५६ इन्च सेन्सर साईज फिचर गरिएको छ। त्यसैगरी उच्च तहको एलवाईटी८०० प्रीमियम डिभाइसहरूको लागि भएको र “२ लेयर ट्रान्जिस्टर पिक्सेल स्ट्रक्चरका साथै उत्कृष्ट स्याचुरेसन सिग्नल लेभल सक्षम पारेर” समर्थन गर्ने पहिलो इमेजिङ सीएमओएस भएको बताइएको छ। त्यसैगरी लाइनअपमा टप ईन्ड डिभाइसहरूको लागि निर्मित एलवाईटी९०० डब गरिएको फ्ल्यागशिप सेन्सर पनि रहेको उल्लेख गरिएको छ।

यस मोडलले १ इन्च (१/०.९८इन्च) सेन्सर प्रदान गर्दछ भने यसले फ्ल्यागशिप ग्रेड स्मार्टफोनहरूमा बाटो बनाउने सम्भावना रहेको बताइएको छ। यद्यपी कुन मोडलहरूमा उक्त नयाँ ईमेज सेन्सरहरू हुनेछन् भन्ने स्पष्ट नभएको तर ओप्पो फाइन्ड एक्स सिरिज फोन वा शाओमीको नम्बर्ड सिरिजको अल्ट्रा ग्रेड मोडलहरू जस्ता अर्को जेनको मोडलहरूमा फेला पर्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: ५ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार