
काठमाडौं ।
सामाजिक सञ्जाल नियमन गर्नु पर्ने सांसद माधव सापकोटाले बताएका छन्।
सामाजिक सञ्जालले चरित्र हत्या गर्ने, अफवा सिर्जना गर्ने, भ्रम सिर्जना गर्ने काम गरेकाले यसलाई नियमन गर्न सांसद सापकोटाले सरकारसँग माग गरे।
‘पहिला पहिला व्यक्तिले वा पार्टीले आफ्नो कुरा राख्न एउटा ठूलो मञ्च बनाउनु पथ्र्यो। आज प्रविधिको विकासले त्यसलाई हल गरेर सबै नागरिक नेता, सबै नागरिक पत्रकार भएका छन्,’ उनले सोमबारको प्रतिनिधि सभाको बैठकमा भने, तुरुन्तै लाईभ गरेर आफ्नो कुरा भन्दा राख्न मिल्छ। प्रविधिको विकास अद्वितिय ढंगले अघि बढेको उनको भनाई छ।’
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई आधार मान्दा ७३ प्रतिशत नेपालीहरुले स्मार्टफोन चलाउँछन् । त्यसले विकशित प्रविधि अनुसार हामीलाई विकास गर्नु चुनौती भएको उनले बताए।
यूट्युब र सामाजिक सञ्जालहरुको नियमन र व्यवस्थापन गरिसकन नपाउँदै च्याटजीपीजी, गुगल वा एआई जस्ता नयाँ प्रविधिहरु आएका छन्। तिनले उत्पादन गर्ने कन्टेन्टहरु हेरौं भने मान्छेलाई दिगभ्रमित बनाउने प्रकारका भएका उनको बुझाई छ।
प्रकाशित: ४ असार २०८०, सोमबार