संसार एआईबाट निर्देशित हुँदा हामी रेडियो, टिभी र हुलाकमा सिमित: सांसद अशिम शाह

  • Technology Khabar | ४ असार २०८०, सोमबार
संसार एआईबाट निर्देशित हुँदा हामी रेडियो, टिभी र हुलाकमा सिमित: सांसद अशिम शाह
फाइल तस्विर

काठमाडौं ।

संसार एआईबाट निर्देशित हुँदा हामी रेडियो, टिभी र हुलाकमा मात्र सिमित भएको सांसद अशिम शाहले बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय भनेको भविष्य देखाउने मन्त्रालय हो। आजको दुनियाँ प्रविधि त्यसमा पनि एआईबाट निर्देशित च्याटजीपीटी बार्ड जस्ता च्याट बटले विश्वमा नयाँ तरंग ल्याइरहेको छ, प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले भने, तर हाम्रो बजेट रेडियो, टेलिभिजन र हुलाकमा मात्र सिमित देखिन्छ। हामीले प्रविधिमा कहिले फड्को मार्छौं भन्दै उनले प्रश्न गरे।

आज सम्पूर्ण विश्व एआई र इन्टरनेटमा निर्भर छ। एकतिर हाम्रो दैनिक इन्टरनेटका कारण सहज बन्दै गइरहेको छ। अर्को तिर यसको सुरक्षित उपाय उपयोग नहुँदा इन्टरनेट नै हाम्रो लागि खतरा बनिरहेको तर्फ पनि उनले सचेत गराए।
लोकसेवा आयोगको झन्डै ४ लाख आवेदनको डाटा हराएको छ। डाटा पुन प्राप्तिमा हामी असफल भयौं, उनले भने, हाम्रो अवस्था यस्तो छ।

बजेट हेर्दा हाम्रो प्राथमिकतामा साइबर सुरक्षा, डाटा सुरक्षा भन्दा सञ्चार मन्त्रालय अन्तर्गत निर्मित भौतिक संरचना पर्छन्। भौतिक संरचना मर्मत र रंग रोगनका लागि १० लाख रुपैयाँ, सभा हलको साउण्ड सिस्टमको व्यवस्थापनका लागि ७ लाख रुपैयाँ, वार्षिक प्रतिवेदन तयार गर्न ६ लाख रुपैयाँ र मासिक, त्रैमासिक, वार्षिक समिक्षाको कार्यक्रमका लागि ६ लाख रुपैयाँ विनियोजन भएको छ। तर बिडम्बना साइबर सुरक्षाको लागि आवश्यक हार्डवेयर र सफ्टवेयर खरिद गर्न जम्मा ५ लाख रुपैयाँ विनियोजन गरिएको आश्चर्य व्यक्त गरे।
साइबर सुरक्षा भन्नु एन्टिभाइरससफ्टवेयर खरिद गर्नु मात्र हैन भनेर सरकारले बुझ्न नसकेको उनको भनाई छ।
साइबर विश्वमा हामी सुरक्षित नरहेसम्म जति सुकै रंगरोगन गरिएको ठूला बिल्डिङ बनाइएता पनि मासिक, त्रैमासिक र वार्षिक प्रगतिको समिक्षाको कार्यक्रम गरे पनि सुरक्षित रहन नसक्ने तर्फ उनले सरकारको ध्यान केन्द्रित गर्न खोजे।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार