मन्त्री र गठबन्धनका शीर्ष नेताहरुको चलखेलले एनसेलबाट पाउनु पर्ने रकम आउने सम्भावना छैनः सांसद रघुवीर महासेठ

  • Technology Khabar | ४ असार २०८०, सोमबार
मन्त्री र गठबन्धनका शीर्ष नेताहरुको चलखेलले एनसेलबाट पाउनु पर्ने रकम आउने सम्भावना छैनः सांसद रघुवीर महासेठ
फाइल तस्विर

काठमाडौं ।

नेकपा एमालेका सांसद रघुवीर महासेठले मन्त्री र गठबन्धनका शीर्ष नेताहरुको चलखेलले एनसेल आजियाटा लिमिटेडबाट पाउनु पर्ने रकम आउने सम्भावना नरहेको बताएका छन्। उनकाअनुसार एनसेलले सरकारलाई करिब १ अर्ब १२ करोड रुपैयाँ तिर्नु पर्नेछ।

‘मन्त्री र गठबन्धनमा रहेका शीर्ष नेताहरुको चलखेलले फेरी पनि उक्त रकम आउने सम्भावना देखिँदैन,’ महासेठले सोमबारको प्रतिनिधि सभाको बैठकमा भने, ‘त्यसमा कुनै किसिमको चलखेल भयो भने नेपाली जनताले स्वीकार गर्ने छैन।’

जुन गठबन्धनको सरकार आए पनि एनसेललाई पाल्न एनटीसीलाई कसरी हुन्छ समाप्त गर्ने योजनामा लागेको देखिने उनको आरोप छ।

“एनसेलले पटकपटक नेपाल सरकारसँग नलिनुपर्ने रकम लिएर विदेश पठाइएको छ। एनसेलले कति पूँजी विदेशबाट नेपाल ल्यायो। एफडीआई माफत् हामी हेर्न सक्छौं। एनसेलले भित्र्याएको पुँजी भन्दा २ सयदेखि ४ सय गुणा नाफा लगिसकेको छ,” उनको दाबी छ।

नेपालमा एनसेलको मोनोपोली भएको पनि उनले बताए

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार