सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न सांसदको माग

  • Technology Khabar | ४ असार २०८०, सोमबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न सांसदको माग
फाइल फोटो

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट एक रुपैयाँ कामय गर्न सांसद दामोदर पौडेल बैरागीले माग गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विद्येयकसम्बन्धित मन्त्रालयगत छलफलमा उनले संचार मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न माग गरेका हुन्।

‘मन्त्रालयको खर्च कटाएर यसमा विनियोजन गरिएको मध्ये सबै रकम कटाएर रु.१ कायम गरियोस्, ‘ उनले भने। आफ्नो उक्त प्रस्तावमा सम्पूर्ण सांसदहरुको समर्थनको पनि उनले अपेक्षा गरे।

मन्त्रालयका लागि विभिन्न शीर्षकमा विनियोजित बजेट मध्ये एकमा सभा हल बनाउने भनिएको छ। ‘सभा हल बन्छ होला,’ उनले भने, ‘अरु रकम के हुन्छ थाहा छैन।’

अहिले धेरै काम अनलाइनबाट हुने गर्छ। तर सिग्नेचर गर्नका लागि काठमाडौं आउनु पर्ने बाध्यता भएको भन्दै सिग्नेचर पनि अनलाइनबाट हुने व्यवस्था मिलाउन उनको माग छ।

सामुदायिक अस्पताल र विद्यालयमा इन्टरनेट सेवा दिने भनिएपनि त्यो सेवा निःशुल्क दिने भन्ने ग्यारेन्टी नगरिएकोमा उनले आक्रोश व्यक्त गरे।

ललितपुरमा इन्टरनेट एक्सचेञ्ज सेन्टर र धरानमा डाटा सेन्टरका लागि अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ। सो बारेमा पनि उनले प्रतिकृया व्यक्त गरेका छन्।

‘हाम्रो रकम विदेश गई सक्यो।विदेशीहरुले हाम्रो रकम लगि सके। ठूला ठूला रकमहरु बाहिरिईसके,’ उनले भने, ‘हाम्रो के छ भने अब अध्ययन सुरु गरिनेछ।’

यो खालको ढंगले हामी कता जाँदै छौं भनेर उनले सरकारसँग प्रश्न गरे।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार