
काठमाडौं ।
फक्सकन एप्पलका लागि आईफोनहरू उत्पादन गर्नका लागि सबैभन्दा प्रसिद्ध रहेको छ। साथै कम्पनीले धेरै ब्रान्डका विद्युतीय सवारीका पार्टपुर्जा पनि उत्पादन गर्ने गरेको छ। हालैको विकास क्रमकाअनुसार फक्सकनले यस वर्ष भारतमा ईभी कारखाना स्थापना गर्ने योजना बनाएको उल्लेख छ।
कम्पनीले उक्त परियोजनामा १ अर्ब डलर लगानी गर्ने अपेक्षा गरिएको र यसले हजारौं मानिसहरूलाई रोजगारी दिने गीज्मोचाइनाको रिपोर्टमा उल्लेख गरिएको छ।
विद्युतीय सवारीको बजार प्रतिस्पर्धात्मक बन्दै गएसँगै फक्सकनले यस वर्ष भारतमा ईभी कारखाना स्थापना गर्ने सम्भावना छ। फक्सवागन जस्ता स्थापित कार निर्माताहरूदेखि लिएर एक्सपेङ जस्ता स्टार्टअपहरू सम्मका कम्पनीहरूको एक बिस्तृत श्रृंखला यस बढ्दो बजारको हिस्साको दौडमा लागि रहेका छन्। साथै पहिले देखि नै ईभीहरुको लागि पार्ट्स उत्पादन गर्न फक्सकनले पनि यसलाई एक अवसरको रूपमा हेरेको उल्लेख छ। आफ्नो क्षमता वृद्धि गर्नमा ठूलो लगानी गरेर फक्सकनले बढ्दो प्रतिस्पर्धाबाट लाभदायक रूपमा उभिने आशा गरेको उल्लेख गरिएको छ।
कम्पनीले भारतमा विद्युतीय सवारी साधन कारखाना स्थापना गर्ने तयारी गरेको बताइएको छ। उक्त कारखाना भारतको कर्नाटकमा अवस्थित हुने र कारखानाले प्रति वर्ष १० लाख ईभीहरु उत्पादन गर्ने क्षमता हुने उल्लेख गरिएको छ। प्रारम्भिक चरणमा दुई पाङ्ग्रे ईभीहरु उत्पादन हुने भए तापनि कारखाना अन्ततः चार पाङ्ग्रे ईभीहरु उत्पादन गर्न विस्तार गर्न सकिने बताइएको छ।
फक्सकनले भारतमा ईभी कारखाना स्थापना गर्ने निर्णय ईभीहरुको लागि भारतीय बजारको बढ्दो महत्वको संकेत भएको उल्लेख गरिएको छ। साथै भारत सरकारले वायु प्रदुषण र हरितगृह ग्यास उत्सर्जन घटाउनका लागि ईवीहरु प्रयोग गर्नलाई जोड दिइरहेको छ।
त्यसैगरी सरकारले ईभी उत्पादकहरूलाई कर छुट र सब्सिडी सहित धेरै प्रोत्साहनहरू पनि प्रदान गरेको उल्लेख छ। उक्त कारखानाले भने २०२४ देखि उत्पादन सुरु गर्ने अपेक्षा गरिएको उल्लेख छ।
प्रकाशित: ४ असार २०८०, सोमबार