स्टेलान्टिसले युरोपमा निर्मित पहिलो किफायती ईभी सिट्रोन ई–सी थ्री अनावरण गर्ने

  • Technology Khabar | ४ असार २०८०, सोमबार
स्टेलान्टिसले युरोपमा निर्मित पहिलो किफायती ईभी सिट्रोन ई–सी थ्री अनावरण गर्ने

काठमाडौं ।

चीनको सस्तो ईभी मोडलको सफलता पछि विश्वको तेस्रो ठूलो अटोमेकर स्टेलान्टिसले मध्य–अक्टोबरमा युरोपमा निर्मित आफ्नो पहिलो किफायती ईभी अनावरण गर्ने भएको छ। नयाँ सिट्रोन ई–सी३ को ३२० किलोमिटरको रेञ्ज (दायरा) र ५७ मिनेटको छिटो चार्ज गर्ने क्षमता हुने उल्लेख गरिएको छ।

मध्य–अक्टोबरमा अनावरण गरिने स्टेलान्टिसको युरोपमा निर्मित आफ्नो पहिलो किफायती विद्युतीय गाडी सिट्रोन ई–सी३ कारको मूल्य २५,००० युरो भन्दा कम हुने भएकाले सिट्रोन ई–सी३ ले चिनिमा निर्मित रेनो डासिया स्प्रिङ्ग र एमजी जेडएस ईभीहरुसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने गीज्मोचाइनाको रिपोर्टमा भनिएको छ।

ई–सी३ स्टेलान्टिसको “स्मार्ट कार” आर्किटेक्चरमा आधारित हुने र उक्त आर्किटेक्चर सिट्रोन ई–सी३ एयरक्रस र प्युजो २०८ मा पनि प्रयोग गरिएको उल्लेख छ। साथै सिट्रोन ई–सी३ कारको रेञ्ज ३०० किलोमिटर (१८६ माइल) हुनुका साथै ह्याचब्याक र एसयूभी बडी स्टाइलहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

स्टेलान्टिसले युरोपमा आफ्नो नयाँ विद्युतीय गाडी ई–सी३ प्रति वर्ष ५०,००० बेच्ने आशा राखेको उल्लेख छ। उक्त कार स्लोभाकियामा एसेम्बल गरिने र २०२४ को शुरुमा लन्च हुनेछ। साथै ई–सी३ को आगमनले स्टेलान्टिस इलेक्ट्रिक भेहिकल बजारमा आफ्नो उपस्थिति बढाउन गम्भीर भएको  संकेत गरेको छ। कम्पनीले सन् २०२५ सम्ममा इलेक्ट्रिफिकेसन (विद्युतीकरण) मा ३० अर्ब युरो लगानी गर्ने योजना घोषणा गरिसकेको बताइएको छ।

आगामी वर्षहरूमा युरोपियन इलेक्ट्रिक भेहिकल मार्केट द्रुतरूपमा बढ्ने अपेक्षा गरिएको छ। त्यसैगरी युरोपेली संघले सन् २०३५ सम्ममा नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउने लक्ष्य राखेको उल्लेख छ। साथै यस प्रतिबन्धले किफायती विद्युतीय कार उत्पादन गर्ने अटोमेकरहरूका लागि ठूलो अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार