सामसङका नयाँ वेयरेबल डिभाइसहरू अपग्रेडहरूका साथ लन्च हुँदै

  • Technology Khabar | ३ असार २०८०, आईतवार

काठमाडौं ।

सामसङका नयाँ वेयरेबल डिभाइसहरू विभिन्न अपग्रेडहरूका साथ अर्को महिना लन्च हुने भएको छ। ग्यालेक्सी वाच ६ शृङ्खलाले दक्षिण कोरियामा ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी जेड फोल्ड ५ तथा ग्यालेक्सी जेड फ्लिप ५ सँग स्टेज साझेदारी गर्ने भएको हो।

विनफ्यूचरले आगामी वाच ६ श्रृंखलाका केही विस्तृत रेन्डरहरू लीक गरेको छ। आउटलेटले सामसङ ग्यालेक्सी वाच ६, सिल्भर, कालोलगायतका रंगमा उपलब्ध हुने पनि जानकारी दिएको छ।

उपभोक्ताहरूलाई ४० एमएम तथा ४४ एमएमको दुई साइज संस्करणहरू प्रदान गर्ने बताइएको छ। सामसङ ग्यालेक्सी वाच ६ क्लासिक ४३ एमएम र ४७ एमएम गरी दुई साइजमा प्रस्तुत गरिने छ जसमा कालो र सिल्भर कलरसहित सिमितत रंग विकल्पहरू रहने बताइएको हो।

त्यस्तै सामसङ ग्यालेक्सी वाच ६ श्रृंखलामा एक्सीनोस डब्ल्यू ९३० एसओसी फिचर हुने अपेक्षा गरिएको छ। शक्तिशाली चिपसेटले फरक क्लक स्पीड र वैकल्पिक एकीकृत एलटीई मोडेम प्रदान गर्ने तथा एलटीई मोडेमले स्मार्टवाचहरूलाई कनेक्टेड स्मार्टफोनमा भर नपर्ने गरी इन्टरनेट कनेक्सन कायम राख्न अनुमति दिनेछ।

चर्चाअनुसार सामसङले जुलाई २६ मा ग्यालेक्सी वाच ६ अनावरण गर्नेछ। यी स्मार्टवाचहरू वेयर ओएस ४ मा आधारित वान यूआई ५ वाचमा चल्ने बताइएको छ। तिनीहरूले ग्यालेक्सी वाच ५ मा हृदय गति निगरानी, निद्रा ट्र्याकिङ, र जीपीएस लगायतका गतिविधि र स्वास्थ्य ट्र्याकिङ सुविधाहरू प्रदान गर्ने सम्भावना रहेको पनि बताइएको छ।

त्यस्तै नयाँ स्मार्टवाचहरूमा सुधारिएको ब्याट्रीहरू रहेको उल्लेख छ। ग्यालेक्सी वाच ६ ४० एमएम भेरियन्टमा ३०० एमएएच ब्याट्री हुने तथा ४४ एमएम भेरियन्टले ठूलो ४२५ एमएएच ब्याट्री बुस्ट गर्ने बताइएको छ। वाच ६ क्लासिकले ग्यालेक्सी वाच ६ को ४४ एमएम संस्करण जस्तै ४२५ एमएएच ब्याट्री साझा गर्ने पनि अपेक्षा गरिएको छ।

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया