Technology Khabar ३ असार २०८०, आईतवार
काठमाडौं ।
गुगलको पिक्सेल ८ र पिक्सेल ८ प्रोको सार्वजनिक हुनु अघि फिचर बाहिरिएको छ। गुगल पिक्सेल ८ र पिक्सेल ८ प्रो अक्टोबरमा सार्वजनिक हुने सम्भावना छ।
यस महिनाको सुरुमा एन्ड्रोइड अथुरिटीले पिक्सेल ८ र पिक्सेल ८ प्रोको क्यामरा स्पेसिफिकेसनहरु रिलिज गरेको छ। अहिले पुन नयाँ रिपोर्टमा, उही प्रकाशनले पिक्सेल ८ डुओको डिस्प्ले स्पेसिफिकेसन लीक गरेको गिजमोचाइनाले उल्लेख गरेको छ।
लीकका अनुसार पिक्सेल ८ मा पिक्सेल ८ प्रोको तुलनामा सानो स्क्रीन हुनेछ। पिक्सेल ८ मा ६.३ इन्चको स्क्रीन र पिक्सेल ८ प्रोमा ६.७ इन्चको स्क्रीन हुनेछ। पिक्सेल ७ प्रोमा पनि ६.७ इन्चको स्क्रीन रहेको छ।
यद्यपि, पिक्सेल ७ प्रोमा कर्भ–एज स्क्रीन छ भने, यसको उत्तराधिकारीमा फ्ल्याट स्क्रिन हुनेछ। रिपोर्ट अनुसार पिक्सेल ८ सिरिजको डिस्प्ले डिजाइनले यसको पूर्ववर्तीहरूको तुलनामा थोरै कम स्वायर सेप्डमा छ भने एजहरु बढी गोलाकार छन्।
पिक्सेल ७ को फ्ल्याट ६.३ इन्च ओएलईडी प्लानलले १०८० वाई २४०० पिक्सेलको फूल एचडीप्लस रिजोल्युसन, ९० हर्ज रिफ्रेस रेट, ४१७ पीपीआई पिक्सेल डेनसिटी प्रदान गर्छ। पिक्सेल ७ प्रोमा ६.७१ इन्चको ओएलईडी कर्भ एज डिस्प्ले छ। जसले १४४० वाई ३१२० पिक्सलेल क्वाड एचडी प्लस रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ५१२ पीपीआई पिक्सेल डेनसिटी प्रदान गर्छ। दुबै डिस्प्ले १ हजार निट ब्राइटनेस सपोर्ट गर्छ।
नयाँ रिपोर्ट अनुसार पिक्सेल ८ ६.१७ इन्च स्क्रीनको साथ आउनेछ। जसले १०८० वाई २४०० पिक्सेलको फूल एचडी प्लस रिजोल्युसन, १२० हर्जको हाई रिफ्रेस रेट, ४२७ पीपीआई पिक्सेल डेनसिटी र १४०० निट सम्म ब्राइटनेस प्रदान गर्छ। पिक्सेल ८ को लागि गुगलले सामसङको ओएलईडी डिस्प्ले प्रयोग गरेको छ भने पिक्सेल ८ प्रो पनि सामसङ प्यानल प्रयोग गरिएको छ।
अर्कोतर्फ पिक्सेल ८ प्रोमा ६.७० इन्चको ओएलईडी डिस्प्ले छ। जसले १३४४ वाई २९९२ पिक्सलेलको क्वाड एचडी प्लस रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, ४९० पीपीआई पिक्सेल डेनसिटी र १६०० निट ब्राइटनेस प्रदान गर्छ।
प्रकाशित: ३ असार २०८०, आईतवार