पाल्पामा सवारीचालक अनुमतिपत्रको आवेदन खुला

  • Technology Khabar | ३ असार २०८०, आईतवार

काठमाडौं ।

पाल्पामा पहिलो पटक सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला भएको छ। यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सका लागि आवेदन खुला गरेको हो।

कार्यालयले मोटरसाइकलतर्फ वर्ग ए र स्कुटरतर्फ वर्ग के’ को नयाँ लाइसेन्स जारी गर्न आबेदन खुला गरिएको जनाएको छ। लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशब सुनारले जानकारी दिए।

तानसेन-७, बर्तुङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ। कार्यालयले जेठ ४ गतेदेखि लाइसेन्स नवीकरणको सेवासमेत दिइरहेको छ।

जिल्लाबाटै लाइसेन्स दिने र नवीकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ। लाइसेन्सको सम्पूर्ण कामका लागि बुटबल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सबारी चालकहरू उत्साहित भएका छन् । गोरखापत्रबाट

प्रकाशित: ३ असार २०८०, आईतवार

तपाइको प्रतिक्रिया