सामसङ ग्यालेक्सी जेड फ्लिप ५ को डिजाइन रेण्डर्समा सार्वजनिक

Technology Khabar २ असार २०८०, शनिबार

काठमाडौं ।

सामसङले चाँडै नै आफ्नो उच्च प्रतिक्षित ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ फोल्डेबल स्मार्टफोनहरू बजारमा ल्याउने तयारी गरिरहेको छ।

आधिकारिक घोषणा अघि एउटा नयाँ रिपोर्टले अन्ततः एक लीक रेन्डर मार्फत ग्यालेक्सी जेड फ्लिप ५ मोडलको पहिलो झलक प्रदान गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

माईस्मार्टप्राईस रिपोर्टबाट आएको यो समाचारले ग्यालेक्सी जेड फ्लिप ५ को डिजाइनको नयाँ रेन्डर साझा गरेको उल्लेख छ। साथै यस विषयसँग नजिक रहेका स्रोतहरूले आगामी फोल्डेबल फोनको रेन्डर लीक गर्दै डिभाइसको पहिलो झलक प्रदान गरेको छ। यस रेन्डरमा डिभाइसको डिजाइन देखिएको र यसले ग्यालेक्सी जेड फ्लिप ५ मा ठूलो नयाँ कभर डिस्प्ले रहेको पुष्टि गरेको छ। त्यसैगरी आगामी फ्लिप मोडेलमा ३.४ इन्चको टलर एक्सटर्नल (ठूलो बाह्य) डिस्प्ले फिचर गरिने अफवाह रहेको छ।

अघिल्ला पुनरावृत्तिहरूमा देखिएको १.९ इन्चको डिस्प्ले भन्दा अहिलेको डिस्प्ले धेरै ठूलो रहेको बताइएको छ। साथै ओप्पो फाइन्ड एन २ फ्लिपमा रहेको ३.२६ इन्चको डिस्प्ले भन्दा पनि जेड फ्लिप ५ को डिस्प्ले ठूलो भएको उल्लेख छ। त्यसैगरी कभर डिस्प्लेको मुनि डुअल क्यामरा सेटअप तेर्सो रूपमा राखिएको बताइएको छ। डिभाइसको हाइयर स्क्रिन रियल स्टेटले गर्दा डिभाइसले सम्भवतः थप कार्यक्षमता थप्न र यस प्यानलमा थप जानकारी प्रदर्शन गर्न सक्षम हुने बताइएको छ।

यस कभर डिस्प्लेलाई हाइयर रिजोल्युसन रियर क्यामराबाट सेल्फी लिनको लागी एक राम्रो भ्यूफाइण्डरको रूपमा प्रयोग गर्न मिल्नेछ। ग्यालेक्सी जेड फ्लिप ५ मा १२० हर्ज रिफ्रेस रेट र फुल एचडी प्लस रिजोलुसनसहितको ६.७ इन्चको प्राइमरी एएमओएलईडी डिस्प्ले फिचर गरिएको छ।

यसमा क्वालकम स्न्यापड्रागन ८ जेन २ एसओसी फिचर गरिने र २५ वाटको फास्ट चार्जिङलाई समर्थन गर्ने ३,७०० एमएएच ब्याट्री प्याकद्वारा संचालित हुने उल्लेख छ। डिभाइसको पछाडिको भागमा १२ मेगापिक्सेलको डुअल क्यामरा सेटअप कायम रहने बताइएको छ।

प्रकाशित: २ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया