रियलमीले “जीटी नियो ५ प्रो” फ्ल्यागशिप लन्च गर्ने अपेक्षा

Technology Khabar २ असार २०८०, शनिबार

काठमाडौं ।

रियलमीले जुलाई वा अगस्टमा रियलमी जिटी नियो ५ प्रो फ्ल्यागशिप लन्च गर्ने अपेक्षा गरिएको छ। उक्त नयाँ मोडललाई  रियलमी जिटी नियो ५ भन्दा माथिल्लो स्थानमा राखिने बताइएको छ, जसको प्रारम्भिक मूल्य २,४९९ युआन छ।

टिप्सटर डिजिटल च्याट स्टेशन  (डीसीएस) को लीकअनुसार, रियलमी जीटी नियो ५ प्रोले ६. ७४ इन्च ओएलइडी डिस्प्ले तथा फ्ल्याट स्क्रिनले २,७७२ * १,२४० पिक्सेलको १.५ के रिजोल्युसन, १४४ हर्ज रिफ्रेस दर, र २,१६० हर्ज पीडब्ल्यूएम डिमिङ उत्पादन गर्ने बताइएको छ।

त्यस्तै, फोटोको लागि अगाडि १६ मेगापिक्सेल क्यामराले सेल्फी तथा भिडियो कलहरू ह्यान्डल गर्न अपेक्षा गरिएको छ।

यसको पछाडिको क्यामरा सेटअपमा आओइएस सक्षम सोनी आइएमएक्स ८९० भएको ५० मेगापिक्सेल प्राथमिक क्यामरा हुनेछ। यो स्न्यापड्रागन ८ जेन २ चिपसेटद्वारा संचालित रियलमीको पहिलो स्मार्टफोनको रूपमा आउने बताइएको छ।

चीपसेटलाई १६ जीबी र्यामसँग जोडिने तथा यसमा १५० वाट चार्जिङको साथ ५,२०० एमएएच ब्याट्री हुने छ। उपकरण रियलमी यूआइ ४.० भएको एन्ड्रोइड १३ ओएसमा चल्ने अपेक्षा गरिएको छ।

न्य लीकहरूले यो डिभाइस ५१२ जीबी वा यूएफएस ४.० भएको १ टीबी  स्टोरेजसँग आउने तथा ह्यान्डसेट १०० वाट चार्जिंग भेरियन्टमा पनि आउन सक्ने उल्लेख छ। फोनको पछाडि रियलमी जीटी नीयो ५ जस्तै पारदर्शी भाग हुने पनि बताइएको छ।

प्रकाशित: २ असार २०८०, शनिबार

तपाइको प्रतिक्रिया